Wednesday, May 1, 2024
घरप्रदेशकुख्यात तस्कर मदन गुप्ताको गोदाममा प्रहरीको छापा, सामान छुटाउन शक्तिकेन्द्रमा पैरवी

कुख्यात तस्कर मदन गुप्ताको गोदाममा प्रहरीको छापा, सामान छुटाउन शक्तिकेन्द्रमा पैरवी

वीरगंज/तस्करी धन्दाका बेताज बादशाहको रुपमा कुख्याती कमाएका मदन गुप्ताको गोदाममा प्रहरीले छापामारी गरेर लाखौं मूल्य बराबरको कपडा लगायतको सामान बरामद गरेको खबर प्राप्त हुन आएको छ ।

भारतको आदापुर जन्मस्थान भएर नेपाली नागरिक हुन सफल भएका गुप्ता विगत लामो समयदेखि वीरगंज, भैरहवालगायतको सीमावर्ती क्षेत्रबाट ट्रान्सपोर्टको आडमा अवैध रुपमा तस्करी साम्राज्य मात्र नभई हुण्डी कारोबार समेत गर्दै आएको विषयमा पटक पटक विभिन्न संचारमाध्यममा गुप्ताकोे बारे समाचार आउने गरेको मात्र नभई कैयौं चोटी प्रहरी हिरासत कोे यात्रासमेत गरिसकेका छन् ।

हिरासतमा पुग्ने, पैसाको आडमा छुट्ने तथा तस्करीलगायत अवैध कारोबारलाई निरन्तरता दिन महारथ हासिल प्राप्त गरेका तिनै गुप्ताले संचालन गर्दै आएको जय माँ दुर्गा रोड कैरियरको गोदाममा छापामारी गरेर अवैध रुपले भण्डारण गरि राखिएको १५ लाख भन्दा बढीको तस्करीको कपडाजन्य सामान पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाल बसेर भारत र नेपाल सरकारको मासिक करोडौं रुपैयाँको राजश्व चुहावट गर्दै आएका गुप्ताले वीरगंज-१० आदर्शनगरका आफ्ना छोरा मुकेश गुप्ताको नाममा सो ट्रान्सपोर्ट सञ्चालन गर्दै आएका छन् । सोही गोदाममा प्रहरीले छापामारी गर्दा गाउन, साडीलगायत करिब १८०० थान गरेर करिब १५ लाख बराबरको कपडाजन्य सामान बरामद गरेको स्रोतबाट बुझिन आएको छ ।

तस्कर गुप्ताको गोदाममा छापामारी गरेर प्रहरीले सामान बरामद गरि नियन्त्रणमा लिए पनि गुप्ता भने भारतमा रहेकोले बच्न सफल भएको बताइन्छ । प्रहरीले नियन्त्रणमा लिएका समान छोडाउन गुप्ताले भारतबाट नै नेपालको शक्ति केन्द्रमा प्रयास गरिरहेको भएपनि पर्सामा हालै आएका प्रहरी उपरीक्षक कुमोध ढुंगेल भने राजश्व छलेर अवैध रुपमा भित्र्याइएको सामान कुनै पनि शर्तमा नछोड्ने अडानमा रहेका छन् । पछिल्लो समयमा मदन गुप्ताले प्रधानमन्त्री पुत्री गंगा दाहाल समक्ष आफ्नो पहुँच बिस्तार भई सकेको आफ्नो ग्रुपका साथीभाइहरुबीच गफ दिने गरेका छन् ।

मारवाडी समुदायका मानिसहरूबीच प्रहरी प्रशासनको बिचौलियाकोे रुपमा पहिचान बनाएको मात्र नभई मालपानी पनि कुस्त कमाएका संजय अग्रवाल पनि गुप्ताकोे कारोबारमा संलग्न भएको चर्चा बाजार मा व्याप्त छ।

(भारतीय नागरिक गुप्ता र उनको छोराको भारतभक्तिसहितको फोटो सामाजिक संजालबाट साभार गरिएको हो ।)

अर्को के पढ्ने...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img
- Advertisment -