२०८३ बैशाख २८ गते, सोमबार १५:४१

सुन प्रकरणमा पक्राउ परेका जीवन गुरुङ धरौटीमा रिहा

काठमाडौं । सुन प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका परराष्ट्र विज्ञ जीवनकुमार गुरूङलाई धरौटीमा छाडिएको छ। 

उनलाई जिल्ला अदालत काठमाडौंले १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सन्देश श्रेष्ठले जानकारी दिए । 

उनी प्लाटिनम कलेजका सञ्चालकसमेत हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन तस्करी गरी ल्याएको घटनामा उनलाई सीआईबीले १४ फागुनमा पक्राउ गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM