२०८२ असार ३१ गते, मंगलवार १९:४०

कृष्ण बहादुर महरा पक्राउ

काठमाडौं । पूर्व सभामुख कृष्णबहादुर महरालाई प्रहरीले रुपन्देहीमा नियन्त्रणमा लिएको छ । रोल्पा हिँडेका महरालाई प्रहरी नियन्त्रणमा लिएको हो । पक्राउ परेका महरालाई भैरहवाबाट काठमाडौं ल्याउन लागिएको छ ।महरालाई सुन तस्करी प्रकरणमा पक्राउ गरिएको हो । सुन तस्करीबारे छानबिन गर्न पूर्व न्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा गठित उच्चस्तरीय आयोगले महरालाई सुन तस्करीमा संलग्न भएको आरोपमा मुद्दा चलाउन सिफरिस गरेको थियो ।सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले सरकारलाई बुझाएको छानबिन प्रतिवेदनमा महरालाई मुद्दा चलाउन सिफारिस गरेको हो । उच्चस्तरीय छानबिन आयोगले केही दिनअघि मात्र गृहमन्त्रीलाई यो प्रतिवेदन बुझाएको थियो ।महरा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष हुन् । गृहमन्त्रीलाई प्रतिवेदन बुझाइएको भोलिपल्टै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्री रवि लामिछानेलाई भेटेर प्रतिवेदनले सिफरिस गरेका कारवाहीलाई कार्यान्वयन गर्न निर्देशन दिएका थिए ।पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको छानबिन आयोगले महरासहित राजश्व अनुसन्धान विभागका पूर्व महानिर्देशक झलकराम अधिकारीलाई समेत मुद्दा चलाउन सिफरिस गरेको थियो । आयोगले सिआइबी प्रमुख किरण बज्राचार्यलाई विभागीय कारवाही गर्न पनि सिफरिस गरेको थियो ।महरालाई आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल सुन तस्करीकै आरोपमा पहिलेदेखि नै पुर्पक्षका लागि थुनामा छन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बिहीबार प्रतिवेदन बुझ्दै यसमा समावेश विषयहरु कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM