वीरगंज/ हिन्दू परिषद नेपालको केन्द्रिय अध्यक्षमा संजय सर्राफ सर्वसम्मतिबाट चयन भएका छन्।

गण्डक स्थित क्लार्क होटेलमा सम्पन्न दोस्रो राष्ट्रिय साधारणसभा/अधिवेशनले सर्राफलाई सर्वसम्मत रुपमा चयन गरेको हो भने सुरेश साह कानुलाई उपाध्यक्ष, अमोद कुमार केवटलाई सचिव एवं कृष्ण कान्त झा र दीपक आचार्यलाई केंन्द्रिय प्रवक्ता चयन गरिएको हो।
उमेश साह कानु, सचितानन्द दुबे, लालबाबु प्रसाद कुर्मी, सन्तोष सर्राफ, किरण अग्रवाल लगायत परिषदको नव गठित ५१ सदस्यीय केन्द्रिय कार्यसमितिको आगामी बैठकले महासचिव, कोषाध्यक्षलगायतका अन्य पदाधिकारी चयन गर्ने केन्द्रिय अध्यक्ष संजय सर्राफले बताउनु भयो।
















