Saturday, July 27, 2024
घरसमाचार२६ वर्षीय पोर्नस्टार सोफिया लियोनको निधन

२६ वर्षीय पोर्नस्टार सोफिया लियोनको निधन

काठमाडौं । एडल्ट फिल्म इन्डस्ट्रीबाट दुखद खबर आएको छ । २६ वर्षकी एडल्ट स्टार सोफिया लियोन यो संसारमा रहिनन् ।

उनी मियामीकी निवासी थिइन् । एक साताअघि उनी आफ्नै अपार्टमेन्टमा अचेत अवस्थामा भेटिएकी थिइन् ।सोफियाका बुबा माइक रोमेरोले गोफण्डमी मार्फत एक विज्ञप्ति जारी गर्दै उनको मृत्युको खबर पुष्टि गरेका छन् ।

माइक रोमेरोले सोफिया राम्रो छोरी मात्र नभई असल नातिनी, बहिनी र साथी पनि भएको बताएका छन् ।माइकले लेखेका छन् ‘आफ्नी आमा र परिवारको तर्फबाट यो गहिरो हृदयका साथ मैले हाम्री प्रिय सोफियाको मृत्युको खबर साझा गर्न चाहन्छु। मार्च १ मा सोफिया आफ्नो घरमा अचेत अवस्थामा भेटिएकी थिइन् ।

’स्थानीय प्रहरीले मृत्युबारे अनुसन्धान सुरु गरेको छ । यद्यपी उनको मृत्युको कारण भने खुल्न सकेको छैन । सोफियाको मृत्यु किन र कसरी भयो, यस्ता धेरै प्रश्नको जवाफ आउन बाँकी छ ।सोफियाका बुवाले आफ्नी छोरी निकै हँसिली भएको बताए । उनलाई पशुपंक्षीप्रति अपार माया र प्रेम थियो । सोफियालाई घुम्न मन लाग्थ्यो। उनी घुम्न मन पराउँथिन् । उनी जहाँ गए पनि आफ्ना वरपरका मानिसहरूमा सधै खुसी बाँडिन् ।आईएमडीबीका अनुसार सोफियाले १८ वर्षको उमेरमा वयस्क उद्योगमा आफ्नो करियर सुरु गरेकी थिइन् ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -