Sunday, May 19, 2024
घरपत्रपत्रिकानयाँ गठबन्धनको बैठक सम्पन्न, नेताहरू शीतल निवासतर्फ प्रस्थान

नयाँ गठबन्धनको बैठक सम्पन्न, नेताहरू शीतल निवासतर्फ प्रस्थान

काठमाडौं । नयाँ गठबन्धन बनेसँगै नयाँ मन्त्रीहरूको शपथग्रहण अब केही समयपछि राष्ट्रपति भवन शीतलनिवासमा हुँदैछ ।

प्रधानमन्त्री निवास बालुवाटारबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरू शीतलनिवास पुग्नुभएको छ ।

आज प्रधानमन्त्री प्रचण्डले मौजुदा मन्त्रिपरिषद्‌मा रहेका सबै मन्त्रीहरूलाई हटाएर तीन दलबाट तीन जना नयाँ मन्त्रीहरू समेटेर मन्त्रिपरिषद् पुनः गठन गर्दै हुनुहुन्छ ।

जसमा एमालेबाट पदम गिरी, माओवादीबाट हितमान तामाङ र रास्वपाबाट डोलप्रसाद अर्यालले मन्त्रीको शपथ लिँदै हुनुहुन्छ । उहाँहरुको मन्त्रालय भने टुंगो लागेको छैन ।

यसअघि नयाँ सत्ता गठबन्धनको दोस्रो बैठक बालुवाटारमा बसेको थियो ।   बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका साथै दोस्रो तहका नेताहरु सहभागी हुनुहुन्थ्यो ।

दलीय भागबन्डालाई प्याकेजमा टुंग्याएर लिखित सहमति गर्ने भनेर बसेको बैठकको औपचारिक निर्णय भने बाहिर आएको छैन ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -