Friday, April 12, 2024
घरप्रदेशबागमती प्रदेशकाठमाडौं छोड्ने दिन आउला भन्दै बालेनलाई सांसद साहको चेतावनी

काठमाडौं छोड्ने दिन आउला भन्दै बालेनलाई सांसद साहको चेतावनी

काठमाडौं। संघीय संसद किरण साहले काठमाडौ‌ महानगर प्रमुख  बालेन्द्र साह (बालेन)ले कवाडीहरुमाथि गरिरहेको ज्यादती नरोकिएमा काठमाडौँ नै छोड्न सक्ने अवस्था आउने चेतावनी दिएका छन्।

काठमाडौंस्थित कवाड व्यवसायीहरुको प्रदर्शनमा सहभागी हुँदै सांसद साहले आन्दोलनलाई सिंगाे नेकपा एमाले पार्टीले साथ सहयोग समर्थन गर्ने प्रतिवद्धता जनाएका छन्। महानगरपालिकाले कवाडीहरुमाथि गरेका ज्यादती विरुद्ध आइतबार कवाड व्यवसायीहरुले दोश्रो दिन सड़क प्रदर्शन गरेका छन्।

महानगरको हस्तक्षेविरुद्ध गरिएको प्रदर्शनलाई सम्बोधन गर्दै सांसद साहले देशमा हरेक नागरिकले बिनारोकतोक व्यापार व्यवसाय गर्ने वातावरण निर्माण गर्न  सरकारसंँग माग पनि गरे।

उनले बालेनले गरेको हर्कत बन्द गर्न  सरकारको ध्यानाकर्षण गराए ।  बालेनको पछिल्लो कदम तानाशाही भएको भन्दै उनले भर्त्सनासमेत गरे । उनले  एमाले साथमा रहेको भन्दै सडकदेखि सदनसम्म कवाड व्यवसायीको पक्षमा जोडदार आवाज उठाउने बताए।

‘कवाड व्यवसायीहरु बर्षौंदेखी काठमाडौमा रहेर व्यापार गर्दै आएका छन् । तर, महानगर प्रमुख बालेन अदालत र नेपालको कानुनभन्दा माथि छैनन्, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका तपाईंहरुको साथमा छ’, उनले भने, ‘बालेनजी तपाईं जुन उद्योगी, ब्यवसायी, श्रमजीवीको अधिकार खोस्न लागि पर्नु भएको छ।  कहीं तपाइँलाई काठमाडौँ छोड्न नपरोस्।’

कवाड व्यवसायीको माग बालेनले नभएर काठमाडौं महागरपालिकाकाले सम्बोधन गर्नुपर्ने उनकोे भनाइ छ । सांसद किरण कुमार साहले काठमाडौंलाई सुन्दर सफा र स्वच्छ बनाउन कवाड व्यवसायीको ठूलो भूमिका रहेको चर्चा गर्दै उपत्यकाबाट दैनिक ७० ट्रक कवाड बाहिर जाने गरेको बताए ।

आमजनता पार्टी निकट आईटी आर्मीका केन्द्रीय अध्यक्ष चन्द्रभुषण साहले पनि कवाड व्यवसायीको अधिकारको लागि आवाज उठाए ।

काठमाडौं महानगरालिकाकाले कवाडी हरुलाई व्यवसाय बन्द गर्न सूचना जारी गरेपछि उनीहरु आन्दोलित भएका छन्। कावाडीहरुको आन्दोलनलाई आमजनता पार्टीका अध्यक्ष प्रभु साह, जनमत पार्टीका अध्यक्ष डा सिके राउत, स्वतन्त्र सांसद डा अमरेश कुमार सिंहले समर्थन जनाएका छन्।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

News & Updates

Recent Comments