२०८२ असार २१ गते, शनिबार २०:४७

१२ करोड राजस्व चुहावट जरिवाना भई फरार प्रतिवादी गुप्ता र गुरुङ पक्राउ

वीरगंज/राजस्व चुहावट मुद्दामा एक वर्ष कैद र १२ करोड जरिवाना पाएका वीरगञ्जका प्रदीप गुप्तासहित दुई जनालाई सिआइबीले पक्राउ गरेको छ।

राजस्व चुहावट मुद्दामा अदालतबाट सजाय पाएर फरार रहँदै आएका पर्सा वीरगञ्ज महानरपालिका-८ बस्ने समीक्षा सप्लायर्सका बैंक खाता संञ्चालक प्रदीपकुमार गुप्ता र संचालक धादिङको रोराङ गाउँपालिका- ५ बस्ने सप्लायर्सकी सञ्चालक कुमारी गुरुङलाई सिआइबीको टोलीले पक्राउ गरेको हो।

दुवै जनालाई चितवनको भरतपुर महानगरपालिकाबाट पक्राउ गरिएको सिआइबीका प्रवक्ता एवम् प्रहरी उपरीक्षक होवीन्द्र बोगटीले जानकारी दिए।

दुवै जनाले आपसी मिलेमतोमा वस्तु खरिद नगरी नक्कली कर विजक जारी गरी आयकर नतिरेको मुद्दामा अदालतले ०७९ भदौ २५ गतेको फैसलाले दुवै जनालाई जनही एक वर्ष कैद र १२ करोड १० लाख ३६ हजार ५३० जरिवाना गरेको थियो ।

सोही बेलादेखि फरार रहेका दुबै जनालाई पक्राउ गरी आवश्यक कारवाहीको लागि अदालतमा बुझाइएको बोगटीले बताए ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM