Wednesday, May 1, 2024
घरसमाचारअर्थवाणीसहकारी ठगी प्रकरणः जीबी राईविरुद्ध इन्टरपोलमा डिफ्युजन नोटिस जारी

सहकारी ठगी प्रकरणः जीबी राईविरुद्ध इन्टरपोलमा डिफ्युजन नोटिस जारी

काठमाण्डौ/ सहकारी ठगीका फरार अभियुक्त गीतेन्द्रबाबु (जीबी) राईविरुद्ध इन्टरपोलमा डिफ्युजन नोटिस जारी भएको छ ।
राईविरुद्ध डिफ्युजन नोटिस जारी गर्न इन्टरपोलको महासचिवालयलाई अनुरोध गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी भीमप्रसाद ढकालले लोकान्तरलाई शनिवार जानकारी दिए ।
सूर्यदर्शन बचत तथा ऋण सहकारीसँग जोडिएको ठगीसम्बन्धी मुद्दामा राईविरुद्ध डिफ्युजन नोटिस जारी गरिदिन भन्दै जिल्ला प्रहरी कार्यालय, कास्कीले केही समयअघि प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो ।
त्यसकै आधारमा इन्टरपोलको नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौंले डिफ्युजन नोटिस जारी गर्न महासचिवालयलाई अनुरोध गरेको प्रवक्ता ढकालले बताए ।
राई गोरखा मिडिया नेटवर्कका कार्यकारी अध्यक्ष हुन् । सोहीबाट सञ्चालित ग्यालेक्सी फोर–के टेलिभिजनका सञ्चालक रहेका राईमाथि आफैँ अध्यक्ष रहेको सूर्यदर्शन सहकारीका बचतकर्ताको रकम हिनामिनाको आरोप लागेको छ ।
उनीमाथि कास्कीमा मात्रै १९ हजारभन्दा बढी बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ ।
यो मुद्दा अहिले जिल्ला अदालत कास्कीमा विचाराधीन छ । उनीविरुद्ध रकम सहकारी ऐन र मुलुकी अपराधसंहिताको ठगीसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ ।
यो प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पनि नाम जोडिएको छ ।

अर्को के पढ्ने...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img
- Advertisment -