Wednesday, May 1, 2024
घरसमाचारअर्थवाणीअग्रवालको गोदाममा राजस्वको छापा, दुई करोड नगदसहित तीन पक्राउ 

अग्रवालको गोदाममा राजस्वको छापा, दुई करोड नगदसहित तीन पक्राउ 

काठमाडौं/राजश्व अनुसन्धान विभागले क्षेत्रपाटीस्थित नरेश अग्रवालको गोदाममा छापा मारेर स्रोत नखुलेको २ करोड रूपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ ।

विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार, अवैध रूपैयाँसहित पक्राउ पर्नेमा नरेश अग्रवाल र उनका सहयोगीहरु छन् । बरामद रकम गन्ने काम हुँदैछ ।

अवैध विदेशी मुद्रा, हुण्डी र सुन कारोबारका संलग्न रहेको आरोपमा कपडा व्यापारी नरेश अग्रवाललाई पक्राउ गरी अनुसन्धान थालिएको ढुंगानाले बताए । राजस्व अनुसन्धान विभागको टोलीले गोदाममा छापा मारेर उनलाई बिहिबार राती नै नियन्त्रणमा लिएको हो ।

विभागको टोलीले उनको घरमा छापा मारी २ करोड नगद जफत गरेको छ । यो रकम कति भन्ने कुरा गन्न भने बाँकी छ । केहीबेरमा प्रहरी र राष्ट्र बैंकका अधिकारीलाई राखेर रकम गन्ने काम गरिनेछ । अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको विभागले जनाएको छ । अग्रवालको घरबाट २ हजार अमेरिकी डलर पनि बरामद भएको विभागले जनाएको छ ।

ढुंगानाका अनुसार, बरामद रकम हुण्डी कारोबारको हुनसक्ने अनुमान छ । अग्रवाल क्रिप्टोकरेन्सीको कारोबारमा पनि संलग्न रहेको सूचना विभागसँग थियो । अग्रवालले कपडा व्यवसायको आडमा हुण्डी र नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको कारोबार गर्दै आएको विभागले जनाएको छ ।

अर्को के पढ्ने...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -spot_img
- Advertisment -