Sunday, May 19, 2024
घरसमाचारअर्थवाणीवीरगंज सुख्खा बन्दरगाह दोहरो नागरिक गुप्ता ब्रदर्सको कब्जामा

वीरगंज सुख्खा बन्दरगाह दोहरो नागरिक गुप्ता ब्रदर्सको कब्जामा

वीरगंज/ वीरगंज स्थित भंसार (आइसीपी)कार्यालय र सुख्खा बंदरगाह भंसार कार्यालय (ड्राईपोर्ट)बाट नै गुप्ता ब्रदर्शले अवैध कारोबार गरिरहेको खबर प्रकाशमा आएको छ।

स्रोतबाट प्राप्त खबर अनुसार राजीव गुप्ता र उनका भाई संजय गुप्ताले सुपारी,छोकड़ा, कालो मरीच, पोस्तादाना, दाल र केराउको अवैध कारोबार गर्ने गरेका छन्।

राजु डल्डाबालाको नामले चिनिने राजीव गुप्ता र उनका भाई संजय गुप्ताले नेपालमा आयात प्रतिबन्ध रहेका सामानहरू अर्कै नाममा भंसार भित्र छिराउने र सेटिंगमा प्रज्ञापन बनाई बाहिर ल्याउने कार्यमा संलग्न रहँदै आएको बताइएको छ।

सीमा क्षेत्रबाट भंसार अधिकारी र प्रहरी प्रशासनलाई मिलाएर वर्षौ देखि तस्करी गर्दै आइरहेका गुप्ता दाजुभाईको नेपाल भारतमा शिवशक्ति इण्डस्ट्रीज, हनुमान इम्पेक्स, समित नेपाल, त्रिवेणी फिड, महालक्ष्मी सोल्मेण्ट रिफाइनरी लगायतका उद्योग र कम्पनी मार्फत कारोवार गर्दै आइरहेको बताइन्छ ।

फर्जी कागजात पेश गरि नेपाल र भारत दुबै देशको नागरिकता हासिल गरेको छोटो समयमै गुप्ता दाजु भाईले भारत विहारको रक्सौल एवं नेपालको काठमण्डौ र वीरगंजमा आलीशान महल ठड्याएका छन्। यी दुवै दाजु भाइले सिंगापुरमा समेत कम्पनी खोलेर हुण्डीको कारोवार समेत गर्दै आएका छन् ।

केहि अघि वीरगंजस्थित सुक्खा बन्दरगाहमा १२० टन अवैध सुपारी भेटिएको थियो। फिड सप्लिमेन्ट (पशुपन्छीको दाना) घोषणा गर्दै भन्सार यार्डमा राखेका कन्टेनरबाट विभागबाट खटिएको टोलीले सुपारी बरामद गरेको गरेपछि सो कारोबारमा संलग्न गुप्ता ब्रदर्श लगायतका अन्य व्यवसायीहरूमा समेत हल्ली खल्लीमच्चिए पनि ती सामान आफ्नो भनेर दाबी गरेका छैनन्।

बढी भन्सार महसुल लाग्ने वस्तु र आयात प्रतिबन्ध रहेका वस्तुहरूलाई कम भन्सार लाग्ने अर्कै वस्तु भनि भन्सारबाट छुटाउन व्यवसायीले सुपारीलाई फिड सम्लिमेन्ट बनाएको बताइन्छ।

पशुपन्छीको दानामा ५ प्रतिशत भन्सार महसुल मात्रै लाग्ने, मूल्य अभिवृद्धि कर नलाग्ने भएकाले व्यवसायीले तेस्रो मुलुकबाट पशुपन्छीको दाना भन्दै सुपारी, पोस्ता दाना ल्याउन लागेको सूचना पाएपछि विभागबाट खटिएको टोलीले बुधबार मात्रै ६ वटा कन्टेनर खानतलासी गरेका थिए ।

६ वटा कन्टेरमा ३० देखि ३५ प्रतिशत फिड सप्लिमेन्ट र बाँकी सुपारी भेटिएको थियो । केही कन्टेनरमा मरिच लगायतका सामान भए पनि व्यवसायीले दाल घोषणा गरेका रहेछन् । इन्डोनेसिया, मलेसिया लगायतका तेस्रो मुलुकबाट पशुपन्छीको दाना राख्ने बोरामा सुपारी हालेर ल्याइएको थियो । विभागले मंगलबार पनि २० टन सुपारी बरामद गरेको थियो ।

यस्तै, विभागले अहिलेसम्म पोस्ता दाना, छोकडा, मरिच लगायतका सामानहरू बरामद गरिसकेको छ । सुक्खा बन्दरगाह भन्सार कार्यालयको यार्ड र गोदाममा विभिन्न पैठारीकर्ताले आयात प्रतिवद्ध रहेका र एउटा वस्तुलाई अर्कै भनि ल्याएको सूचनापछि विभागले सर्च अभियान चलाएको थियो ।

भंसार विभागले थन्किएर रहेका ६० दिन नाघेका भन्सार गोदाम र यार्डमा रहेका वस्तुहरू रहेका करिब ३८० कन्टेनरहरू खोलेर चेकजाँचको काम सुरु गरेको छ । हालसम्म १९० कन्टेनरहरूको चेकजाँच सम्पन्न गरेको स्रोतको दावी छ ।

चेकजाँच गरिएका कन्टेनरहरूमा आयात प्रतिबन्ध रहेका र उच्च भन्सार महसुल भएका रक्सी, सुपारी, पोस्तादाना, छोकडा, केराऊ, कपडा, फिड सप्लिमेन्ट, टायर सिलेन्ट, फ्लोरिङ, फ्रिज, इलेक्ट्रिक स्कुटर, औद्योगिक मेसिनरी, मासको दाल लगायतका मालवस्तुहरू फेला परेको विभागले जनाएको छ । भन्सारमा कमजोर नेतृत्व भएको समयमा भन्सार छुटाउने गरि त्यस्ता सामग्री बेवारिसे बनाइ राखिएको हुनसक्ने बताइएको छ ।

भंसारका कर्मचारीको सेटिंगमा देशको अर्थतन्त्र धरासायी बनाउन सक्रिय गुप्ता ब्रदर्श लगायत संलग्न अन्य माफियाहरू माथि निगरानी र लगाम कसले लगाउने? चासोको विषय बनेको छ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -