२०८३ बैशाख २८ गते, सोमबार १६:२६

सशस्त्र प्रहरीद्वारा तस्करीका सामान बरामद

महोत्तरी/ महोत्तरीको रामगोपालपुर-१ बिसबिट्ठीमा रहेको सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्टले तस्करी गरि ल्याइएका किराना सामग्री एवं कपड़ा बरामद गरेको छ।

बिहीवार करीब ११:३० बजेको समयमा बिओपीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक सुवाश पहाड़ीको कमाण्डमा खटेको ५ जनाको मोबाइल गस्ती टोलीले मो.सा. र साईकल चेकजाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छली ल्याएको कपडा ४० हजार र किराना सामान ४० हजार गरि जम्मा ८० हजार बराबरको सामान बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक महेश खरेलले बताउनु भयो।

त्यस अघिपनि सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्मले करीब १ लाख भन्दा बढ़ी मूल्य बराबरका राजस्व छलिका सामान बरामद गरि भंसार चलान गरिएको डिएसपी खरेलले बताउनु भयो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM