२०८३ बैशाख २८ गते, सोमबार १६:५८

त्रिभुवन विमानस्थलबाट १४ किलो सुनसहित दुई जना पक्राउ

काठमाण्डौ/त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बिहीबार राति १४ किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चन्द्र घले र गोरखाका मीनबहादुर घले रहेको भन्सार कार्यालयले जानकारी दिएको छ।

बिहीबार राति ११ः४० बजे फ्लाइ दुबईको एफजेट ५७३ उडान नम्बरको जहाजबाट आएका चन्द्र घलेको साथबाट १४ किलो परिमाणको सुन बरामद गरिएको भन्सार कार्यालयले जानकारी दिएको छ।

भन्सार प्रमुख डा. टोकराज पाण्डेको नेतृत्वमा खटिएको टोलीले मध्यराति विशेष सुराकीको आधारमा उक्त परिमाणको विस्कुट आकारको सुन बरामद भएको बताइएको छ।

पक्राउ परेको घलेद्वयलाई प्रहरी हिरासतमा राखिएको र भन्सार कार्यालयले थप अनुसन्धान गरिरहेको बताइएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM