२०८२ माघ १७ गते, शनिबार १८:०८

भन्सारबाट भित्रिएको ट्रकमा १ सय ५० किलो लागूऔषध बरामद, गुपचुप पार्न शक्तिकेन्द्रमा चलखेल

काठमाडौं । चीनबाट सामान आयात गर्ने ब्यापारीले ब्रान्डेड सामान ल्याएर कमसल सामान घोषणा गरी भन्सार छली गरेका घटना त प्रायः घटि नै रहेका हुन्छन् । तर रसुवा भन्सार कार्यालयबाट लत्ताकपडा लगायतका सामानको प्रज्ञापनपत्र देखाएर लागूऔषध समेत ल्याउने गरेको पाइएको छ ।

बिशेष सुराकीका आधारमा भन्सार विभागले खटाएको अनुगमन टोलीले रसुवा भन्सारको यार्डमा २०८० मंसिर १३ गते सामान चेकजाँच गर्ने क्रममा लागूऔषधमा प्रयोग हुने १ सय ५० केजी कच्चापदार्थ फेलापारेको छ । बिभागका महानिर्देशक शोभाकान्त पौडेलकै सक्रियतामा टोली खटाइएको थियो । स्रोत:नेपालफेस

महानिर्देशक पौडेलले भने–‘भन्सार कार्यालयबाट हुने तस्करी नियन्त्रण गर्ने अभियानमा रसुवामा पठाइएको टोलीले लागूऔषध बनाउन प्रयोग हुने १ सय ५० किलो कच्चापदार्थ बरामद गरेको छ । उक्त लागूऔषधको कच्चापदार्थ हो भन्ने एकीन भइसकेको छ तर नाम भने खुलेको छैन । भन्सार विभागले बरामद उक्त कच्चापदार्थ लागूऔषध नियन्त्रण ब्यूरोलाई बुझाउँछ । त्यसपछि मात्र बिस्तृत विवरण बताउन सकिन्छ ।’

रसुवा भन्सार कार्यालयका प्रमुख रामप्रसाद पाठकसँग प्रज्ञापनपत्रमा उल्लेख भएको भन्दा फरक सामान बरामद गरेकोबारेमा प्रतिक्रियाका लागि सम्पर्क गर्दा उनले भन्सार बिभागले प्रतिवेदन दिएपछि जानकारी पाउनुहोला नि भनेर थप केही बताउन चाहेनन् । कुन ब्यापारीक फर्मले ल्याएको सामान हो भन्ने कुरा समेत उनले भन्न चाहेनन् ।

रसुवा नाकाबाट महंगा सामान ल्याउने र सस्तो सामानको भन्सार तिर्ने ब्यापारीहरुसँग भन्सार कार्यालयका प्रमुख रामप्रसाद पाठककै सेटिङ रहेको स्रोत बताउँछ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतका भान्जा नाता पर्ने अरुण थापा, वाङ छिरिङ तामाङसहितको समूहलाई तस्करीको लाइन दिएका छन् । वाङ छिरिङ भन्सार प्रमुख पाठकका सवारी चालक छे छिरिङ तामाङका भाइ हुन् । विगत बर्षको तिहारमा भारतबाट आउने ड्राइफुड(काजु, किससिम, पेस्ता) समेत यो बर्ष चीनबाटै तस्करीबाट भित्रिएको छ ।

लागूऔषधको कच्चापदार्थ भित्र्याउने ब्यापारी पहुँचवाला भएकाले भित्रभित्रै गुपचुप रुपमा मिलाउन शक्तिकेन्द्रमा चलखेल भइरहेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto sritoto sritoto rajamania sritoto sritoto beb88 beb88 djarum4d rajamania beb88 sritoto wongsobet
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM