Sunday, April 21, 2024
घरसमाचारराजनीतिगृहमन्त्री श्रेष्ठलाई भेट्न प्रम दाहाल अस्पतालमा

गृहमन्त्री श्रेष्ठलाई भेट्न प्रम दाहाल अस्पतालमा

काठमाडौं/प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुगेका छन्।

श्रेष्ठकाे स्वास्थ्यावस्थाबारे जानकारी लिन बुधबार बिहान प्रधानमन्त्री दाहाल अस्पताल पुगेका हुन्।

मंगलबार अपराह्न नियमित स्वास्थ्य परीक्षणका निम्ति सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी पुगेका गृहमन्त्री श्रेष्ठकाे मुटुमा एन्जियोप्लास्टी सर्जरी गरिएको छ।

उनी हाल सघन उपचार कक्ष (आइसियू)मा उपचाररत रहेको र स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।

उपचारका संलग्न चिकित्सकले प्रधानमन्त्री श्रेष्ठकाे स्वास्थ्यावस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

यसअघि गत असोज ३० देखि कात्तिक १ गतेसम्म चीनको भ्रमणमा रहेका बेला मन्त्री श्रेष्ठ अचानक मुटुको समस्याबाट पीडित भएपछि त्यहाँ उनको उपचार गरिएको थियो।

अर्को के पढ्ने...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -