२०८३ बैशाख २८ गते, सोमबार १६:५९

सुनको मूल्यमा भारी गिरावट

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले घटेको छ।

सोमबारको तुलनामा मंगलबार २ हजार ४०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख १९ हजार २०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार चाँदीको मूल्य पनि ४५ रुपैयाँले घटेर प्रतितोला १५ सय रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार १५ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM