महोत्तरी/ सशस्त्र प्रहरी बल नेपालले भंसार राजस्व छलि गरेर नेपाल भित्र्याउँदै गरेको सामानसहित दुई जना तस्करलाई नियन्त्रणमा लिएको छ।
सोमवार माध्यराती १२ बजेको समयमा महोत्तरीको रामगोपालपुर न.पा-१ बसबिट्टी स्थित सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म रघुनाथुरबाट स.प्र.ना.नि राम गणेश महत्तोको कमाण्डमा खटिगएको चार जनाको गाडी मोबाईल टोलीले अबैध रुपमा भन्सार छलि ल्याएको अन्दाजी मूल्य रु. दुई लाख ५० हजार तीन सयको रेडिमेड कपडा बरामद गरेको गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक महेश खरेलले बताउनु भयो।
BR01BU/0643 नम्बरको १ थान मो.सा र नम्बर नखुलेको १ थान मो.सा गरी २ वटा मो.सा मा राखि भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरीको टोलीले मोटरसाईकल चालक एक जना नाबालक र अर्का एक युवक गरि दुई जनालाई नियन्त्रणमा लिईएको गुलम्पति डिएसपी खरेलले बताउनु भयो।
बरामद कपड़ा र मोटरसाइकलको अंदाजी मूल्य चार लाख ५० हजार तीन सय रुपैयाँ रहेको सशस्त्र प्रहरी बलले जनाएको छ।
नियन्त्रणमा लिईएका कपड़ा, मोसा र मानिस आवश्यक कारवाहीकालागि मंगलवार भंसार पठाइने सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।