Thursday, January 16, 2025
घरसमाचारअर्थवाणीमाछा तस्करीमा प्रहरीको सहयोग, नेपाली माछा पालक संकटमा

माछा तस्करीमा प्रहरीको सहयोग, नेपाली माछा पालक संकटमा

वीरगंज/ पर्सा र बाराका विभिन्न नाकाबाट अस्वस्थकर भारतीय माछा तस्करी भएर भित्रिन थालेपछि स्थानीय माछापालक कृषकको व्यवसाय डुब्ने संभावना बढेको छ।

सीमा नाकामा हुने अवैध राजस्व छलि नियंत्रण तथा सीमा सुरक्षाको जिम्मेवारी पाउने मुख्य जिम्मेवारीसहित खटिएका सशस्त्र प्रहरी बल, नेपाललाई प्रभावमा पारेर तस्करहरुले दैनिक भारी मात्रामा भारतीय बजारबाट पुराना र अस्वस्थकर माछा भित्र्याउने काम गरिरहेका खबरहरू सार्वजनिक भएका छन्।

मुख्य रुपमा रक्सौलबाट ठूलो परिमाणमा माछा तस्करी भइरहेको छ । सीमासँग जोडिएका बारा र पर्सा माछाका लागि आत्मनिर्भर छन् तर रक्सौलको लागि भारतका विभिन्न स्थानबाट माछा मगाउने र खुला सीमाको फाइदा उठाउँदै दुवै देशका सुरक्षाकर्मीहरूलाई मिलाएर वीरगंज पठाउने र वीरगंजबाट नेपालका विभिन्न स्थानमा पुर्याइन्छ ।

खासगरी भारतबाट आएको माछा काठमाडौं पुर्याउने गरिन्छ । माछाको निकासीमा राजस्व छलीको ठूलो अंश रहेको छ ।

कारोबारीहरूले सशस्त्र प्रहरी बल नेपालका प्रतिनिधि, प्रहरी चौकी इनरवा गाउँ, लगायत सीमा नाकामा रहेको प्रहरी, नेपाल प्रहरीको टाइगर टोली लगायतलाई प्रभावमा पारेर मूल गेट, इनरवा गाउँ, छपकैया, सिर्सिया, ड्राईपोर्टलगायतका नाकाबाट दैनिक २०० देखि २५० वटा साइक/मोटरसाइकिलमा माछा भित्र्याउने गरेका छन्।

स्वदेशी माछा व्यवसायलाई असफल पार्न मानव स्वास्थ्यकालागि घातक रसायन हालेका माछा आइस बक्सभित्र राखेर नक्कली क्वारेन्टाइन र बिल बिजक बनाई काठमाण्डौ पठाउने गरिएको छ।

यति मात्र नभई तस्करहरुले माछाको कार्टून भित्र नेपालमा प्रतिबन्धित लागु औषध समेत राखेर भित्र्याउने गरेको स्रोतले जनाएको छ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -