काठमाण्डौ/भंसार राजस्व छलि गरि नेपाल भित्र्याइएका आठ लाख भन्दा बढ़ीको लत्ता कपड़ा एवं हार्डवेयरका सामान सशस्त्र प्रहरी बल नेपालले महोत्तरीबाट बरामद गरेको छ।
महोत्तरीको सोनमा गाउँपालिका वडा नं.३ रघुनाथपुर सीमा ईलाकामा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म रघुनाथुरबाट सशस्त्र प्रहरी नायव उपरीक्षक महेश खरेलको कमाण्डमा खटिगएको पाँच जनाको फूट पेट्रोल टोलीले आठ लाख मूल्य बराबरको जाडो समयमा लगाउने लत्ता कपडाहरु र ८४ हजार मूल्य बराबरको हार्डवेयरको सामान बरामद गरिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।
बरामद गरिएका आठ लाख ८४ हजार बराबरका ती सामान अवश्यक कारवाहीकालागि भंसार चलान गर्ने तयारी गरिएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।