Sunday, December 8, 2024
घरसमाचारअर्थवाणीएनसेल बेचेर नेपालबाट बाहिरिने एक्जियटाको निर्णय

एनसेल बेचेर नेपालबाट बाहिरिने एक्जियटाको निर्णय

वीरगंज/एनसेलको माउ कम्पनीको रुपमा रहेको मलेसियन दूरसञ्चार कम्पनी एक्जियटाले नेपालबाट लगानी झिक्ने निर्णय गरेको छ । एक्जियटाको संचालक समितिको बैठकले एनसेल बिक्री गरेर नेपालबाट बाहिरिने निर्णय गरेको हो।

एक्जियटाले यस निर्णयबारे स्थानीय नियामकलाई जानकारी गराईसकेको छ । नेपालको आर्थिक परिदृश्य दिनप्रतिदिन चुनौतीपूर्ण बन्दै गएकोले नेपालबाट बाहिरिने निर्णय गरेको एक्जियटाले नियामकलाई भनेको छ । सोहि निर्णय अनुसार एनसेललाई बिक्रीमा राखेको कम्पनीले उल्लेख गरेको छ । नेपालबाट बाहिरिने निर्णयले एक्जियटालाई थप मजबुत बनाउने र दिर्घकालिन रुपमा लगानीकर्तालाई फाइदा हुने विश्वास कम्पनीले व्यक्त गरेको छ।

८ वर्ष अगाडी एक्जियटाले टेलियासोनेराबाट एनसेलको स्वामित्व किनेको थियो। त्यसपछि पुंजीगत लाभकर विवाद हुँदा कम्पनीले अर्वौ कर समेत नेपाल सरकारलाई तिरेको थियो । एनसेलमा मलेसियाको एक्जियटाको ८० प्रतिशत सेयर स्वामित्व छ। उसले पुरै स्वामित्व बिक्री गरेर नेपालबाट बाहिरिने निर्णय गरेको हो।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -