Sunday, March 23, 2025
घरक्राइम चेकसर्लाहीबाट गिट्टी बलुवाको अवैध निकासी, पक्राउ परेको ट्रेक्टर र तस्कर छोड्न बार्गेनिङ...

सर्लाहीबाट गिट्टी बलुवाको अवैध निकासी, पक्राउ परेको ट्रेक्टर र तस्कर छोड्न बार्गेनिङ हुँदै

सर्लाही/भारतसँग सीमा जोड़िएको क्षेत्रबाट नदीजन्य गिट्टी बालुवाको अवैध उत्खन्न एवं निकासीमा सरकारले रोक लगाएपनि सीमावर्ती क्षेत्रमा स्थानीय प्रहरी चौकी कार्यालयहरूलाई मिलाएर तस्करहरूले गिट्टी बालुवाको अवैध निकासीलाई तिव्रता दिएका छन्।

स्थानीय चौकी देखि जिल्ला प्रहरीका हाक़िम समेतलाई मिलाएर दैनिक रात्रिको समयमा नेपाली एवं भारतीय तस्करहरुले गिट्टी बालुवाको तस्करी गर्न थालेको गुनासो बढ्दै गएपछि पछिल्लो पटक गएराती र आज बिहान दुई छुट्टाछुट्टै स्थानबाट बालुवा सहितको ट्रेक्टर र टेलर एवं दुई जना भारतीय तस्करलाई नियंत्रणमा लिएपनि त्यसलाई छोड्न अहिले बार्गेनिङ भैरहेको विश्वस्त शुत्रबाट जानकारी हुन आएको छ।

इलाका प्रहरी कार्यालय (ख) बलराका बरिष्ठ प्रहरी नायब निरीक्षक जितेन्द्र चौधरीका अनुसार तस्करले अवैध रुपमा बालुवा लोड गरेर सीमावर्ती क्षेत्रको दशगजामा टेलर छोडेर आउने र उताबाट भारतीय ट्रेक्टर आएर ट्रेलर लैजाने गरेको खबर जानकारीमा आएपछि गएराती बलरा-३ स्थित दशगजा क्षेत्रबाट एउटा ट्रेलर बरामद गरि इलाका प्रहरी कार्यालय गम्हरिया डुमरियामा राखिएको बताए।

बप्रनानि चौधरीले बरामद गरिएको सो ट्रेलर साहु र ट्रेलरको नम्बर जानकारी नभएको बताएपनि हाम्रो स्रोतबाट प्राप्त खबर अनुसार उक्त ट्रेलर बलरा-३ का टुन्नु झाको रहेको छ भने ट्रेलर नम्बर- ना.४त ५०४४ रहेको छ।

त्यस्तै प्रहरी चौकी सिमरा फेनहरा र प्रहरी चौकी बारा उधोरण क्षेत्रको नदिया पकरी नाकाबाट प्रहरीले भारतीय तस्कर सकूल मियाँ र जकुल मियाँ लाई भारतीय नम्बर 3 0 AG 6248 नम्बर र ज.१.त ५०७६ नंबरको ट्रेलर इंजिनसहित बरामद गरि मलंगवा लगेर बार्गेनिंङ गरेर छोड़ने तयारीमा रहेको बुझिएको छ।

तस्कर स्रोतका अनुसार जिल्ला प्रहरीको घुमुवा मार्फत जिल्लालाई मासिक प्रति टेलर ५० हजार र स्थानीय चौकीलाई प्रति टेलर ५०० रूपैयाँमा लाईन बाँधिएपनि नयाँ हाक़िम साबले पुरानो रेटलाई डब्बल गर्नु पर्ने अडान राखेपछि कुरा नमिल्दा ट्रेक्टर समातेर लगेको बताए।

आज बरामद ती ट्रेक्टर र तस्करलाई छोड़न पाँच लाख देखि बर्गेनिङ हुँदै तीन लाखमा अडकिएको स्रोतले जनाएको छ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षकलाई फोन गर्दा उनको नम्बर व्यस्त थियो भने सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिपेन्द्र पंजियारको फोन उठेन।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -