Saturday, December 7, 2024
घरक्राइम चेकप्रहरी चौकीको नाकै मुनि जुवाखाल संचालन, डिआईजीको नाममा असई यादवको असुली

प्रहरी चौकीको नाकै मुनि जुवाखाल संचालन, डिआईजीको नाममा असई यादवको असुली

वीरगंज/ पर्साको पकाहाँ मैनपुर गाउँपालिका -१ मा रहेको प्रहरी चौकी धोरेको नाकै मुनि जुवा खाल संचालन भएको भएको छ।

चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक गोपाल यादवलाई जुवाखाल संचालन गर्ने गिरोहले प्रहरी कार्यालयका मधेश प्रदेशका डीआईजी जनक भट्टराईसमेतको नाममा रकम बुझाएपछि खाल संचालनको अनुमति पाएको जुवाखाल संचालक नजिकको स्रोतबाट जानकारी हुन आएको छ।

छठ पूजाको भोलीपल्ट अर्थात् मंसिर ४ गते सोमबार र ५ गते मंगलबार बोर्डर छेउमै लागेको मेलामा सुरेन्द्र सहनी, ताहिर, रविन्द्र कुशवाहा (विश्रामपुर निवासी), रमेश महतो र भारतीय नागरिक सुमन सिंहको समूहले जुवा खाल संचालन गरेको बताइन्छ ।

मेला सकिए पनि अबेर रातीसम्म जुवाखाल संचालन भैरहँदा भारतीयहरूको चहलपहल सो क्षेत्र बढ्दै गएर शान्ति सुरक्षामा समेत गंभीर चुनौती थपिएको छ।

प्रहरीलाई प्रभावमा पारेर नेपालको कानूनले बर्जित गरेको जुवाखाल संचालन भएपछि भारतका नामूद जुवाडे र अपराधी मनोबृत्तिका मानिसहरू आउने गरेको बताइन्छ।

प्रसनि गोपाल यादव लामो समयदेखि मधेश प्रदेशका कमाऊ चौकीमा इन्चार्ज बस्ने, र घुमुआ बनेर अवैध कारोबारीहरू खासगरी गाँजा तस्करहरूसँग सेटिंग गरेर लाइन दिने गरेको प्रहरीभित्रै चर्चा छ।

प्रसनि यादव मकवापुरबाट गाँजा लिएर भारत जाने जीतेन्द्र यादव, बलिष्टर सिंह, राम अयोध्या यादव, मोहन चौधरी, कमल साह, इम्तियाज़ मिया (मुड़ली)लगायतका गाँजा तस्करहरूसँग हिमचीम राख्ने र गाँजा तस्करीको लाइन दिएवापत प्रहरीका जिल्लादेखि प्रदेशसम्मका हाक़िमहरू प्रभावमा पार्ने सक्ने क्षमता भएका कारण लोभी प्रबृत्तिका हाक़िमहरूले यादवलाई पटक पटक राम्रो आमदानी हुने चौकीमा पठाउने गरेको प्रहरी भित्र चर्चा छ।

केहि अघि मात्र भारतीय गाँजा ब्यापारी र बलिष्टर सिंहको गाँजा प्रसनि यादवको सेटिंगमा भारत लैजान लागेको सूचनापछि इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले धोरेबाट एक क्विंटल गाँजा बरामद गरेको थियो।

प्रसनि यादव यसअघि प्रहरी चौकी बड़निहारको इनचार्ज रहँदा सरकारी नम्बर प्लेटको मोटरसाइकल चोरीका घटना साथै शान्ति सुरक्षा खतरामा पार्ने लगायत वादित काम गरेपछि २२ दिनमै तानिएका थिए। ईमानदार र दक्ष प्रहरीहरू जिल्ला एवं गणमै थन्किईरहने तर विवादित प्रहरी सहायक निरीक्षक यादव फेरि कसरी धोरेको इनचार्ज बन्न पुगे? प्रहरीभित्र चासोको विषय बनेको छ…!

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -