२०८३ जेष्ठ ३ गते, आईतवार १७:४०

न्यायाधीश नियुक्ति प्रक्रिया छिट्टै शुरु हुन्छ : प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश नियुक्ति प्रक्रिया छिट्टै टुङ्ग्याउने बताएका छन् । आज सर्वोच्च अदालत बार एसोसिएसनको भवन निर्माणका लागि जग्गा भोगाधिकरणको पत्र हस्तान्तरण कार्यक्रममा प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा बाँकी न्यायाधीश नियुक्ति प्रक्रियालाई छिट्टै टुङ्ग्याउने बताए ।

“छिटो न्याय दिनका लागि पुराना मुद्दा फछ्र्योटलाई तीव्ररुपमा अगाडि बढाएका छौँ, त्यो अभियान पूरा गर्नका लागि न्यायाधीशको पनि जरुरी पर्छ”, प्रधानन्यायाधीश श्रेष्ठले भने, “न्यायालयप्रति जनआस्था वृद्धिका लागि काम गरिरहेको बढाउका छौँ ।”

प्रधानन्यायाधीश श्रेष्ठले केही समयपछि नै केही जिल्लामा भिडियो कन्फ्रेन्समार्फत बहस व्यवस्थापनको प्रवन्ध मिलाउने तयारी गरिरहेको जानकारी दिए । “जुम्ला इजलास, धनकुटा इजलास, हेटौँडा इजलासमा चाँडै भिडियो कन्फ्रेन्सको माध्यमबाट बहस व्यावस्थापन गर्ने तयारी भएको छ”, उनले भने ।

प्रतिक्रिया लेख्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

Live

Listen Live FM