Sunday, May 5, 2024
घरपत्रपत्रिकाभवानी हस्पिटलमा विरामीको स्वास्थ्यसँग खेलवाड़, उपचारमा म्याद नाघेका औषधि र केमिकल प्रयोग 

भवानी हस्पिटलमा विरामीको स्वास्थ्यसँग खेलवाड़, उपचारमा म्याद नाघेका औषधि र केमिकल प्रयोग 

वीरगंज/ जनताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्यसंस्थामा नै चरम लापरवाही र खेलवाड भएको भेटिएको छ।

वीरगंज महानगरपालिकाद्वारा गठित बजार व्यवस्थापन तथा अनुगमन समितिद्वारा गरिएको अनुगमनमा भवानी हस्पिटलमा विरामीहरूको उपचारमा चरम लापरवाही भएको भेटिएको प्राप्त समाचारमा जनाईएको छ।

जिल्ला प्रशासन कार्यालय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, घरेलु तथा साना उद्योग कार्यालय पर्सा, औषधी व्यवस्था विभाग वीरगंज, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र वीरगंज महानगरपालिका अन्तर्गतको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका प्रतिनिधिहरूको सहभागिता गरिएको अनुगमनमा भवानी हस्पिटलमा म्याद गुज्रिएका औषधि र केमिकलहरू प्रयोग गर्ने गरेको फेला परेको थियो।

अनुगमनका क्रममा अस्पतालको इमरजेन्सी वार्डको सरसफाईमा ध्यान नदिईएको, जतातै दुर्गन्ध र फोहोर भेटिएको थियो।

जनताको स्वास्थ्य सेवाजस्तो संवेदनशील संस्था भवानी हस्पिटलको सरसफाईमा गंभीर लापरवाही भएको भेटिएपनि समितिले कुनै कारवाही नै नगरी सचेत मात्र गराएर छोड़ेका थिए।

समितिले भवानी हस्पिटल सँगै तराई हस्पिटल, कृष्णा हस्पिटल र सूर्य हस्पिटलमा समेत अनुगमन गरेको थियो। यी हॉस्पिटलहरूमा समेत सरसफाईमा लापरवाही भएको भेटिएको थियो।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -