२०८३ बैशाख ६ गते, आईतवार ०२:५२

नेकपा माओवादीद्वारा शुभकामना आदान प्रदान कार्यक्रम

बारा/हिन्दूहरूको दोस्रो ठूलो चाड तिहार एवं छठ पर्वको पूर्व संध्यामा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले शुभकामना-आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ।

 

नेकपा(माओबादी केन्द्र) बिश्रामपुर गा.पा कमिटीको आयोजनामा जनता सङ्ग माओबादी बिशेष रुपान्तरण अभियान अन्तर्गत दीपावली तथा छठ पर्वको शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना गरिएको पार्टीका युवा नेता इशक पासवानले बताउनु भयो।

जितपुर सिमरा उप महानगरपालिकाका नगर प्रमुख राजन पौडेलको प्रमुख अतिथ्यमा भएको सो कार्यक्रममा विशिष्ट अतिथि महिला आयोगकी पूर्व अध्यक्ष एवं पूर्व प्रतिनिधिसभा सदस्य शेख चाँदताराका साथै अखिल क्रान्तिकारीका केंन्द्रिय सचिव एवं मधेश प्रदेश उपाध्यक्ष इशक कुमार पासवान एवं नेपाली कांग्रेस, नेकपा एमाले, जसपा, नेकपा समाजवादी, लोसपा लगायतका दलका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM