२०८२ माघ २६ गते, सोमबार ११:१९

तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी असफल: पर्साको छपकैया, सिर्सिया, ड्राईपोर्ट र अलौँ नाकामा तस्करको रजगज

वीरगंज/सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट सिर्सिया, सीमा प्रहरी चौकी छपकैया, बिओपी ड्राईपोर्ट, अलौँलगायतका नाकाबाट हुने राजस्व चुहावट तथा तस्करी कार्यलाई नियन्त्रण गर्न सशस्त्र बल नेपाल असफल भएपछि यी नाकाबाट ऐतिहासिक रुपमा तस्करी धन्दा फस्टाएको छ।

यी नाकाबाट कुख्यात गाई तस्कर विकास गुप्ता, काजु तथा प्रतिबंधित रेडबुलको तस्करी गरेर छोटो समयमै कुख्याती कमाएका पशुपति यादव, रम्भु, लाई छिट्ठा नै परेको जस्तो भएको छ ।

 

गाईको तस्करी गर्ने भारतीय नागरिक विकास गुप्ता एवं पशुपति मात्र नभई यतिखेर सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट सिर्सिया, ड्राइपोर्ट र अलौँ नाकाबाट यतिखेर रम्भु, मंजु, जितु, बबन ठाकुर, डाबालगायतका तस्करहरूलाई पनि सुनौलो अवसरको रुपमा भरपूर फाइदा दिन सशस्त्र प्रहरी बल र स्थानीय प्रहरी चौकीले दिएका छन् ।

यी नाकाबाट तस्करहरूले दैनिक ठूलो संख्यामा मध्यराती १ बजेपछि विहान ४ बजेसम्म गाई, काज्, किसिमिस, नेपालमा प्रतिबन्धित रेडबुल लगायतका तस्करी मात्र होइन, कपडा, हार्डवेयरका साथै कम्प्युटर पार्टस् को पनि खुल्लेयाम तस्करी गरी नेपालको भन्सार राजश्व चुहावट गरिरहेका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेक्वा पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक किशन कर्माचार्यले ग्रीन सिग्नल दिएपछि नै बिओपी सिर्सिया र ड्राईपोर्ट एवं प्रस्तावित गुल्म अलौँका इन्चार्जहरूले तस्करलाई सिंगो नाकाको जिम्मेवारी दिएझैँ दृश्य देख्न सकिन्छ।

तस्करहरूले दैनिक करोडौंको राजश्व चुहावट हुनेगरी लत्ता कपडा, काजु, किसमिस, बदाम, हार्डवेयर एवं प्रतिबन्धित रेडबुल भित्र्याइरहेका छन् ।

सदरमुकाम वीरगंजबाटै हाकाहाकी रुपमा प्रहरी प्रशासनको सहयोगमै जर्सी गाईको तस्करी हुनु र काजु र कपडाजस्ता बढी राजश्व असुली हुने सामग्री भन्सार राजश्व छलि गरेर भित्र्याउन तस्करले सहजता पाएपछि मुलुकको अथतन्त्र उकास्ने सरकारी नीतिमा कुठाराघात भएको प्रमाणित हुन्छ ।

सीमा क्षेत्रबाट हुने अवैध गतिविधि, चोरी तस्करी तथा ओसारपसारको प्रमुख जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट सिर्सियाका प्रमुख सशस्त्र प्रहरी निरीक्षकले नै तस्करीको लाईन दिएपछि भारत पन्टोका निवासी विकास गुप्ताले दिनहुँ मध्यराती २५ देखि ३० वटा सम्म जर्सी गाई तस्करी गरी ल्याउने गरेका छन् ।

त्यसैगरी काजु र रेडबुलको तस्करी गर्ने लाईन पशुपतिले पाएका छन् । पशुपतिले दैनिक भारी परिमाणमा सिर्सिया, छपकैया र ड्राइपोर्ट नाका भएर काजु, किसमिस एवं नेपालमा प्रतिबन्धित रेडबुल नेपाल भित्र्याएर नेपाल सरकारको राजश्व मात्र चुहावट गरेका मात्र छैनन्, उपभोक्ताहरूको स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने हानिकारक प्रतिबन्धित रेडबुल समेत भित्र्याउने गरेका छन् ।

पर्सामा सशस्त्र प्रहरी उपरीक्षक किशन कर्माचार्यको आगमन सँगै जिल्लाका प्रायः सबै नाका यतिखेर तस्करहरूले तस्करी लाइन संचालनकालागि कब्जामा लिएका छन्, तस्करी लाइनमा सहजता प्रदान गरिदिएवापत सशस्त्र प्रहरी बल नेपाल नं.२, छिन्नमस्ता बाहिनी मुख्यालय बर्दीबासका प्रमुख बाहिनीपति डीआईजी दीपेन्द्र शाह समेतको लागि तस्करहरूले मोटो रकम नजराना दिएपछि सीमावर्ती क्षेत्रबाट हुने तस्करी नियंत्रणमा डीआईजी शाह गंभीर देखिएका छैनन्।

पर्साको भिखमपुर नाकाबाट भारतीय नागरिक महादेव र ठोरी निवासी सिलवाल, प्रसौनी नाकाबाट नौसाद र आलम लगायतलाई प्रहरीले रांगा भैसीको तस्करीको लाइन दिएपछि दैनिक ३०० भन्दा बढ़ी रांगा भैँसी जगरनाथपुर स्थित बजार, परवानीपुर हुँदै काठमाण्डौ सम्म पुग्ने गरेका छन्।

त्यस्तै अमरपट्टीबाट अनुप साह र धर्मेन्द्र गुप्तालाई चल्लाको तस्करी गर्न लाइन दिईएकोबारे सशस्त्र प्रहरी उपरीक्षक किशन कर्मचार्यलाई सूचना दिँदा पनि तस्करी नियंत्रण गर्न कुनै पाईला नचाल्नुले नै एसपी कर्माचार्यमार्फत तस्करहरुले माथिसम्म सेटिंग मिलाएको तस्कर निकट स्रोतले जनाएको छ।

बारा, मकवानपुर, चितवन, धादिँग र काठमाण्डौ लगायतमा पर्साबाट गएका मालबाहक सामान प्रहरीले नियंत्रणमा लिएको अनेकौँ घटनाले पनि पर्साबाट तस्करी जारी रहेको पुष्टि गर्दछ…!

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d
kingmedan303 rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM