Sunday, March 23, 2025
घरसमाचारअर्थवाणीपर्सा प्रहरीद्वारा करोडौँ मूल्य बराबरको कम्प्यूटर र इलेक्ट्रोनिक्स पार्ट्स बरामद

पर्सा प्रहरीद्वारा करोडौँ मूल्य बराबरको कम्प्यूटर र इलेक्ट्रोनिक्स पार्ट्स बरामद

वीरगंज/पर्सा प्रहरीले ठूलो परिमाणमा अवैध कम्प्युटर एवं इलेक्ट्रोनिक्स पार्टसहरु नियन्त्रणमा लिएको समाचार प्राप्त हुन आएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगंज महानगरपालिका वडा नं. ५ कुम्हालटोल स्थित एक घरमा छपामारी गर्दै अवैध रुपले भण्डारण गरिएको अवस्थामा कम्प्युटर एवं इलेक्ट्रोनिक्स् पार्टसहरु नियन्त्रणमा लिएको प्राप्त समाचारमा जनाईएको छ।

समाचार श्रोतले दिएको जानकारी अनुसार AD कम्प्युटर नामक फर्म संचालन गर्दै आएका सर्लाही जिल्ला अर्नाहा मूल घर भई हाल वीमनपा वडा नं. ५ कुम्हालटोल स्थित घर बनाइ बसेका अजय सिंहले भारतबाट भन्सार छली गरी भित्र्याएर भण्डारण गरी राखिएको अवस्थामा प्रहरीले शनिवार दिउँसो छपामारी गरी नियन्त्रणमा लिएको हो ।

वीरगंज घण्टाघर रेल्वे रोड छेउको गल्लीमा संचालन रहेको AD कम्प्युटर नामक फर्म मार्फत सिंहले अवैध रुपले भित्र्याइएको कम्प्युटर एवं इलेक्ट्रोनिक्स पार्टसहरु बिक्रि वितरण गर्दै आएका थिए ।

विषेश सुचनाको आधारमा खटिएका प्रहरी टोलीले सिंहको घरबाट झण्डै एक करोड ल्य बराबरको अवैध कम्प्युटर एवं इलेक्ट्रोनिक्स पार्टसहरु नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्सा श्रोतबाट बुझिन आएको छ ।

श्रोतका अनुसार प्रहरीले सिंहको घरबाट नियन्त्रणमा लिएको कम्प्युटर एवं इलेक्ट्रोनिक्स पार्टसहरुको यकिन विवरण तथा अन्दाजी मूल्य निर्धारण गरी सार्वजनिक तथा आवश्यक कारवाहीको लागी सम्बन्धित निकायमा पठाउने तयारी गरेको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -