२०८२ बैशाख ३० गते, मंगलवार १९:२४

प्रभु हस्पिटलको वार्षिकोत्सवमा वृक्षरोपण

वीरगंज/ वीरगंजस्थित प्रभु हस्पिटलले आफ्नो वार्षिकोत्सवको अवसर पारेर वृक्षरोपण कार्यक्रमको आयोजना गरेको छ ।
हस्पिटलको चौथो वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रमको अन्तिमदिन शुक्रवार‘आफ्नो ठाउँ हारियाली बनाऔं’ भन्ने उद्देश्यले अस्पतालको चोक र सडकमा ६५ वटा गोल्ड मोहरको विरुवा रोपण गरिएको अस्पतालका डा. मनोज कुमार गुप्ताले बताउनु भयो ।


प्रत्येक वर्ष झैं समाजिक योगदानलाई महत्व दिने अस्पतालको लक्ष्यमा साथ दिन वीरगंज महानगरपालिका वडा नं. ८ का अध्यक्ष रितेश गुप्ता, वरिष्ठ डा.गोपाल गजुरेल, मधेस विश्वविद्यालयका उपकुलपति डा.दिपक शाक्य,समाजसेवी श्याम पोख्रेल, निजामुदिन समानी, श्री जंग गणका कर्नेल डायमण्ड कार्की, सशस्त्र प्रहरी बल नेपाल नं. १३, गण हेक्वा पर्साका सशस्त्र प्रहरी उपरीक्षक किशन कर्माचार्य, जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक कुमार थापा, वरिष्ठ कलाकार सुनिल पण्डित, शिक्षक उमेश मिश्र, पानीटंकी टोल सुधार समितिका संजय श्रीवास्तव, रामाधार साह, विवेक पन्जियार, पर्सा टेक्वान्डो अध्यक्ष गणेशमान श्रेष्ठ, युवा व्यवसायी हिरा श्रेष्ठ, महिला अधिकार कर्मी कमला श्रेष्ठ हस्पिटल संचालक डा. मनोज गुप्ता, डा. लक्ष्मी थापा, दिलिप राज कार्की, हस्पिटलका सम्पूर्ण डाक्टर, मेडिकल कर्मचारी एवं सम्पूर्ण कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM