Sunday, April 21, 2024
घरपत्रपत्रिकातत्कालीन नगर प्रमुखलाई तीन वर्ष कैद र १५ लाख रुपैयाँ जरिवाना

तत्कालीन नगर प्रमुखलाई तीन वर्ष कैद र १५ लाख रुपैयाँ जरिवाना

काठमाडौं । रौतहटको फतुवा विजयपुर नगरपालिकाको निलम्बित मेयर गोपाल राय यादव भष्ट्राचारमा दोषी ठहर भएपछि उनलाई बिशेष अदालतले ३ वर्ष कैद र १५ लाख रुपैयाँ जरिवाना गरिने फैशला सुनाएको छ । विशेष अदालतले कसूर ठहर्याएपछि बुधबार सजाय सुनाएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ जना जनप्रतिनिधिसहित २१ जनालाई प्रतिवादी बनाएको भएपनि यादव मात्र दोषी ठहर भएका थिए । उनीहरुविरुद्ध २०७९ सालमा विशेष अदालतमा मुद्दा दायर भएको थियो लाल बकैया नदीको उत्खनन सम्बन्धी ठेक्का रद्ध गरेर नगरपालिकालाई हानी नोक्सानी पुर्याएको आरोप यादवविरुद्ध लागेको थियो ।

मेयर यादव २०७४ सालको स्थानीय तहमा नेपालि कांग्रेसको तर्फ बाट मेयर पदमा निर्वाचित भएको थियो । यादव २०७९ सालको स्थानीय तहमा पनि नेपालि कांग्रेस को तर्फ बाट पुनः मेयर पदमा निर्वाचित भएका थिए । निर्वाचित भए लगतै मेयर यादव लगाएत २० जना माथि अख्तियारमा मुदा दर्ता भएको थियो भने यादवलाई अदालतले निलंबन गरेको थियो।

अर्को के पढ्ने...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -