२०८२ फाल्गुन २४ गते, आईतवार १६:१५

सिआइबीमा दुई डिएसपीबीच शीतयुद्ध

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)ले गरेको ९ किलो सुनको अनुसन्धान गर्ने विषयमा दुई डिएसपीबीच शीतयुद्ध भएको छ ।

नौ किलो सुनको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाउँदा पूर्वसभामुख कृष्णबहादुर महरा र उनको छोरा राहुल महराको नाम र कनेक्सन जोडिएको विषय अनुसन्धान प्रतिवेदनमा राखेको विषयमा ती दुई डिएसपीबीच शीतयुद्ध शुरु भएको हो । डिएसपी दुर्गा दाहालले अनुसन्धान गरेको प्रतिवेदनमा महरा बाबुछोराको नाम मात्र होइन सुन तस्करसँग प्रष्ट कनेक्सन देखिएको चार्टसहित बुझाएपछि अर्का डिएसपी मनजित महरा रिसाएका थिए । मनजित महरा र कृष्णबहादुर महरा नजिकका आफन्त भएकाले उनी रिसाएका हुन् । पछि त्यही रहेका अर्का डिएसपीले सहजीकरण गरेपछि मात्रै डिएसपी महराले सहज अनुभूति गरेको सीआइबी स्रोतले जनाएको छ ।

अहिले पूर्वसभामुख महराका छोरा राहुल महराको अनुसन्धान सिध्याएर सरकारी वकिल कार्यालयमा बुझाइएको छ । पूर्वसभामुख महरालाई मुद्दा नचलाउने र राहुललाई मात्र मुद्दा चलाउन सीआइबीले सिफारिस गरेको छ । कृष्णबहादुर महरालाई पक्राउ नगर्ने र मुद्दा नचलाउनुमा उनै डिएसपी महराको हात रहेको चर्चा सीआइबीमा चलेको छ ।

हाल सीआइबीमै रहेका डिएसपी मदनजीत महराको पहलमा उनलाई सफाई दिनेगरी बयान लिइएको थियो । डिएसपी दुर्गा दाहालले अनुसन्धान गरिरहेको भएपनि डिएसपी महरा पूर्वसभामुख महराका आफन्तसमेत भएकाले बाबुछोराको मुद्दा एकै नहेरी सरकारी वकिल पठाइएको हो । कृष्णबहादुर महरालाई स्वास्थ्यको कारण देखाएर उनै डिएसपी मनजित महराको पहलमा कागज गराएर छाडिएको थियो ।

विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याएको तस्करीको ९ केजी सुन प्रकरणमा सीआईबीले पूर्वसभामुख तथा सत्तारुढ माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिएको हो । छोरा राहुल महरा सीआइबीको हिरासतमा रहेको, उनको मुद्धा बुझाउने बेला भएकाले उनीसँग बयान लिएको सिआइबीका एक प्रहरीले बताए । ‘ विमानस्थलबाट तस्करी भई आएको ९ केजी सुन प्रकरणमा पूर्वसभामुख महरासँग सीआईबीले सोधपुछ गरेको हो’, सिआइबी ती अधिकारीले भने ।

उनलाई सिआइबीकै कार्यालयमा बोलाएर बयान लिएको हो । २०७९ पुस १० मा दुबईबाट चिनियाँ गिरोहले भेपमा लुकाएर ९ केजी सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ल्याएको थियो । करिब ९ करोड बराबरको सुन महराको परिवारसँग निकट रहेका चिनियाँ तस्करीका नाइके ली हाङसाङ र दाओजिन वाङको योजनामा नेपाल ल्याइएको थियो । सो सुन छुटाउन महरानै प्रयोग भएका थिए ।भेप मार्फत ल्याइएको सुन विमानस्थल भन्सारले नियन्त्रणमा लिएपछि त्यसलाई छुटाउन महरा परिवारको साथ रहेको सिआइबीको दावी छ । सिआइबीले सरकारी वकिल कार्यालयमा बुझाएको प्रतिवेदनमा पनि सो कुरा उल्लेख गरेको छ ।

सुन आएपछि भन्सारमा भएको सामान छुटाउन महरा र उनका छोरा राहुलसहितको समूहले भन्सार प्रशासनलाई पटक–पटक दबाब दिएको थियो । भेप भन्सारकै नियन्त्रणमा रहेका बेला कर्मचारीलाई दबाब दिइएको थियो । भन्सार कर्मचारी र भन्सार एजेन्टसहितको योजनामा गोदामबाटै चोरी भएको सुन सिआइबीको अनुसन्धानपछि मात्रै उनीहरुको संलग्नता खुलेको थियो ।

भन्सार कार्यालयले थप अनुसन्धान गर्न सीआईबीलाई जिम्मा दिएकोमा पहिलो चरणमा सुन चोरीमा मात्रै मुद्दा गएको थियो । चोरीको अनुसन्धानका क्रममा महरा र उनका छोरा राहुलसहितका व्यक्ति चोरी हुनुअगावै सुन छुटाउन भन्सारलाई दबाब दिनेदेखि सुन ल्याउने तस्करसँग पटक–पटक सम्पर्कमा रहेको खुलेको थियो । त्यसको अहिले सीआईबीमा अनुसन्धान जारी छ ।

अनुसन्धानका क्रममा राहुल पक्राउ परिसकेका छन् भने चिनियाँ तस्करसँग निकट रहेको खुलेपछि महरा पनि अनुसन्धानमा तानिएका हुन् । उनलाई काठमाडौं बाहिर नजाने सर्तमा राखिएको थियो । अहिले भने छोरा राहुलसँगै उनको मुद्दा सरकारी वकिल कार्यालयमा पठाइएको छ । प्रहरीले साउन २ मा बरामद भएको सुन र भेप मार्फत सुन तस्करी गर्ने एउटै समूह भएको निष्कर्ष निकालेको छ । सोही आधारमा ली हाङसाङ र दाओजिन वाङलाई पनि मूख्यप्रतिवादी बनाइएर मुद्दा पठाइएको छ । सो मुद्दामा अहिले जिल्ला अदालतले २५ जनालाई थुनामा पठाएको छ । स्रोत: दृष्टि न्यूज़

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d barong4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 https://eragenset.com/
kingmedan303 rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77
rajalangit77 rajalangit77 zeonslot zeonslot bendera62 m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM