Sunday, April 21, 2024
घरक्राइम चेकइजरायलमा मृत्यु भएका नेपालीप्रति राष्ट्रिय शोक घोषणा, परिवारलाई १० लाख राहत दिइने

इजरायलमा मृत्यु भएका नेपालीप्रति राष्ट्रिय शोक घोषणा, परिवारलाई १० लाख राहत दिइने

काठमाडौं । सरकारले इजरायलमा हमास लडाकुको आक्रमणमा परेको नेपालीहरुको निधनप्रति शोक व्यक्त गर्दै मंगलबार (भोलि) राष्ट्रिय शोक घोषणा गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

त्यस्तै बैठकले मृतकका परिवारलाई राहतस्वरुप १०–१० लाख रुपैयाँ दिने निर्णय समेत गरेको छ । साथै इजरायल सरकारले अनुमति दिएपछि त्यहाँ रहेका नेपालीहरुको उद्धार गरिने निर्णय भएको गृहमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी गराएका छन् ।

शनिबार प्यालेस्टाइनी हमास लडाकुुको आक्रमणमा परी १० जना नेपालीको निधन भएको छ ।

 

अर्को के पढ्ने...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -