२०८२ फाल्गुन ४ गते, सोमबार २१:४५

सीमावर्ती क्षेत्रबाट अनियन्त्रित तस्करी, डिआइजीद्वयको मौनता रहष्यमयी

वीरगंज/नेपाल भारतसँग सीमा जोडिएका पर्सा जिल्लाका विभिन्न नाकाबाट पछिल्लो समय तस्करी कार्य अनियन्त्रित रुपमा बढ्दै गएको देखिएको छ ।

सीमा क्षेत्रबाट हुने अवैध ओसार पसार र तस्करी नियन्त्रणको जिम्मेवारी पाएका सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेक्वा पर्सा र सीमावर्ती क्षेत्रमा रहेका नेपाल प्रहरीका विभिन्न प्रहरी चौकीका प्रमुखहरूले व्यवसायिक कर्तव्यतर्फ ध्यान दिनुको सट्टा मुद्रा मोहतर्फ आकर्षित हुन थालेपछि तस्करहरू अनियन्त्रित रुपमा तस्करी गर्न थालेका छन् ।

वीरगंजको इनर्वा, छोटी भन्सार नाका, भकुवा नाका लगायत ग्रामीण भेग सिर्सिया, ड्राइपोर्ट, अलौं, विन्दवासिनीको झौवा, इटियाही, अमरपट्टि, प्रसौनीभाठ्ठा, पकहामैनपुरको धोरे, खेस्राहा, जगरनाथपुरको जानकीटोला, दसौता, पाण्डेपुर, छिपहरमाईको भिस्वा, भलुवाही, मिर्जापुर, टिहुकी चारगाहा लगायतको नाकाहरुबाट व्यापक तस्करी भइरहेको छ ।

सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले तस्करहरुलाई छुट दिएपछि अहिले तस्करी धन्दा व्यापक रुपमा बढेको स्थानीयहरू बताउँछन् ।

वीरगंजबाट छुटेका ट्रक बारा, मकवानपुर, चितवन, धादिङ, काठमाण्डौसम्म पुगेर धमाधम पक्राउ परेको एक पछि अर्को खबरहरू सार्वजनिक हुनुले पनि पर्साका विभिन्न नाकाबाट तस्करी कार्य भइरहेको पुष्टि गर्दछ ।

सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेक्वा पर्सामा सशस्त्र प्रहरी उपरीक्षक किशन कर्माचार्यको आगमनसँगै तस्करी कार्य अनियन्त्रित रुपमा बढेको पाइ्रएको छ ।

जिल्लाका सीमावर्ती क्षेत्रका मूख्य नाकाहरूमा सशस्त्र प्रहरी बलको बाक्लो उपस्थितिका बावजुद भन्सार छलि गरि भित्र्याइने अवैध सामान कहिले नेपाल प्रहरीले बरामद गर्छ भने कहिले अन्य जिल्लामा रहेका प्रहरीले, यी र यस्ता घटना पनि तस्करी भैरहेको पुष्टी गर्दछ ।

सीमामा खटिने सशस्त्र प्रहरी, नेपाल प्रहरीका चौकी ईन्चार्जहरूलगायतका प्रहरीहरूसँगको मिलोमत्तोमा पर्सामा ऐतिहासिक तस्करीको लाइन खुलेको हो ।

भारतीय बजार रक्सौल, भेलाही, सिकटा, मैनाटार, इनर्वा, प्रसुतिपुर बजारबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलोमतोमा कपडा, काजु, खाद्यान्न, हार्डवेयरको सामान, माटर पार्टस्, कस्टमेटिक सामग्री, रजनीगन्धा, राजनिवास, सूर्ति, चिनी, अण्डा, तेल, भाडाकुडा, कुखुराका चल्लालगायतका भारतीय सामग्रीहरु निर्वाध रुपमा नेपाल भित्रिरहेका छन् ।

यसैगरी व्रीरगंजको छपकैयाँ र्सिर्सिया नाकाबाट भारतको पनटोका निवासी विकास गुप्ताले दैनिक ठूलो संख्यामा चौरी गाई भित्र्याइरहेका छन् । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सिर्सिया र ड्राइपोर्टलाई प्रभावमा पारेर गुप्ताले गाई तस्करी गरी नेपाल ल्याउने गरेका समाचारहरू सार्वजनिक भइरहेका छन् । सोही नाकाबाट पशुपति र रम्भुको साझेदारीमा काजु र प्रतिबन्धित रेडबुलको तस्करी गर्न लाइन प्रदान गरिएको छ भने मंजु पटेललाई काजुको तस्करी गर्ने लाइन दिइएको छ । मंजुले माथि सेटिङ नगरिकन काजु भित्र्याएर भण्डारण गरेको सूचनापछि केही समय अघि प्रहरीले छापामारी गरेर आठ क्वीन्टल काजु बरामद गरेको थियो । तर यतिखेर सबैतिर सेटिङ मिलाएपछि फेरी पनि उनको ध्रन्दा सुचारु भएको बताइन्छ ।
सिर्सिया, ड्राइपोर्ट नाका अ्रन्तर्गत छोटी भन्सार कार्यालयको पश्चिमपट्टी तथा मसानघाट छेउछाउ हुँदै रम्भु र पशुपतिले संयुक्त रुपमा र मंजुले काजु, रेडबुल ल्याउने गरेका छन् भने डब्बा, जटाधारी, राजेश, जितु र फारुखलाई कपडाको तस्करी गर्ने लाइन दिइएको स्रोतले दाबी गरेको छ ।

त्यस्तै पर्साको ग्रामीण भेगको सीमावर्ती क्षेत्रबाट भैसीको तस्करी पनि व्यापक बढेको छ । प्रसौनी, अमरपट्टी, इटियाही, विन्दवासिनी गाउँपालिकाको बहुअर्वा नाका, पकहामैनपुर गाउँपालिकाको धोरे नाका एवं जगरनाथपुर गाउँपालिकाको जानकीटोला नाका हुँदै भैसीको तस्करी गरि पर्सा जिल्लाको विभिन्न ठाउँमा विक्री वितरण गर्ने गरिएको छ ।

भैसी तस्करीलाई प्रोत्साहन गर्ने उद्देश्यले नै जगरनाथपुर गाउँपालिकास्थित नेपाल–भारत सीमा क्षेत्र नजिकै नेपाली भूमिमा भैसी बजार नै निर्माण गरिएको छ । जहाँ स्थानीयहरुले आफ्नो भैंसी बेच्नु भन्दा पनि भारतबाट तस्करी गरी ल्याइएका भैंसीहरु बिक्री वितरण हुने गरेको छ ।

विशेष गरेर राती १० बजेपछि विहान ३ बजेसम्म दैनिक करोडौं रुपैयाँको राजश्व छलि हुनेगरी तस्करहरूले निर्वाध रुपमा तस्करी गरिरहेका छन् ।

सशस्त्र प्रहरीको १३ नं. गण पर्साका एसपी कर्माचार्यले सशस्त्र प्रहरी हवलदार घनश्याम परियार र सहायक हवलदार राजा पटेल नामक आफ्ना दुई जना विश्वासपात्र घुमुवा परिचालन गरेर पनि तस्करहरूसँग सेटिंग गर्न लगाएको खबर सार्वजनिक भएका छन्। परियार र पटेल दुबै जना पर्सामा दरबन्दी नभएका प्रहरी हुन्।

अनियन्त्रित रुपमा चोरी तस्करी बढ्दै गएपछि लक्ष्यअनुरुप वीरगंज भन्सार कार्यालयको राजश्व संकलन हुन नसकेको वीरगंज भन्सार कार्यालयको तथ्यांकले पनि पुष्टी गर्दछ ।

पर्साबाट गएका तस्करीका अवैध सामान ट्रकका ट्रक अन्य जिल्ला र प्रदेशमा बरामद भइ तस्करी भइरहेको खबर सार्वजनिक भइरहँदा पनि सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता वाहिनी मूख्यालय बर्दिवासका सशस्त्र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र शाह, नेपाल प्रहरी मधेश प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक जनक भट्टराईको मौनता रहष्यमय बनेको छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d slot gacor carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 djarum4d m77 andara88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM