वीरगंज/चाडवाड़ नजिकिएसँगै खुल्ला सीमानामा रहेका सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीलाई प्रभावमा पारेर तस्करी लाईन सुचारु भएको छ।
देखावटी रुपमा प्रहरीले तस्करीको सामान बरामद गरेकोजस्तो गरेपनि कुख्यात र नामूद तस्करहरूलाई भने तस्करी कार्यमा प्रहरीले सहजीकरण नै गरिदिएपछि तस्करहरू यतिखेर मौकाको भरपूर फाईदा लिइरहेका छन्।
यसैक्रममा बारा प्रहरीले एक करोड ४२ लाख मूल्य बराबरको विभिन्न सामान लोड भएको ट्रकलाई नियन्त्रणमा लिएको छ।
बुधवार बिहान बारा, जितपुरसिमरा उ.म.न.पा.वडा न. ११ अमलेखगंजमा वीरगंजबाट भैरहवातर्फ जाँदै गरेको ना ६ ख ३८२८ नं.को ट्रक चेकजाँच गर्दा ४९ लाख ८२ हजार मूल्य बराबरको सामान रहेको र सो सामान बिलबिजक भन्दा बढी र स्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको जिप्रका बाराका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बताउनु भयो।
त्यसैगरी सोही दिन वीरगंजबाट काठमाण्डौ जाँदै गरेको ना.८.ख.४८४२ नं.को ट्रकमा ९२ लाख १९ हजार मूल्य बराबरको विभिन्न सामान बिलबिजकभन्दा बढी देखिएपछि नियन्त्रणमा लिइएको प्रनाउ न्यौपानेले बताउनु ।
सीमा क्षेत्रमा हुने अवैध गतिविधि, आपराधिक क्रियाकलाप, चोरी तस्करी नियन्त्रणका लागि खटिएका सशस्त्र प्रहरी बल नेपाल र शान्ति सुरक्षा कायम गराउने प्रमुख जिम्मेवारी पाएका नेपाल प्रहरी तस्कर, बिचौलिया र अवैध कारोबारीहरूको प्रभावमा परेर लठिन्न थालेपछि यतिखेर तस्करी सँगै आपराधिक क्रियाकलाप पनि निकै बढेको छ।