२०८२ माघ २६ गते, सोमबार १२:००

प्रहरीको सेटिङमा तस्करी, राजस्वको छापा, करोडभन्दा बढ़ीका सामान बरामद

लहान । सिरहाका सीमावर्ती क्षेत्रबाट भन्सारछलीका सामान ब्यापक रुपमा भित्रिएको सूचनापछि राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले सोमबार ३२ लाख मूल्यबराबरको कपडा बरामद गरेको थियो । राजस्वको टोलीले सिरहा नगरपालिका– १५ बुधौराबाट भन्सार छलेर लुकाइराखेको लत्ताकपडा बरामद गरेको हो ।

आइतबार तस्करीको कपडा बोकेको ट्रक चोहर्वाबाट नियन्त्रणमा लिएको थियो । गएको शनिबार राजस्व अनुसन्धान बिभागको टोलीले सुकसैना नाकाबाट भित्रिएको ५० लाख रुपैयाँको लत्ताकपडा बरामद गरेको थियो ।

तस्करीका सामान बरामद हुन थालेपछि सीमावर्ती क्षेत्रबाट ल्याइएका भन्सारछलीका सामान गोलबजार, चोहर्वा, मिर्चैया, लहानका गोदाममा लुकाएर राखेको सूचना राजस्वले पाएपछि ती ठाउँमा मंगलबार बिहान छापा मारेको छ ।

तस्करीको सामान लुकाएको आशंकामा मंगलबार बिहान करिब ६ बजे सिरहा नगरपालिका १८, तारापट्टिमा सशस्त्र प्रहरीले छापा हानेको छ । छापा मार्ने क्रममा ७८ पोका कपडा बरामद गरेको छ । अन्दाजी १ करोड ५६ लाख मूल्यका ती कपडा भन्सार छली गरी ल्याएर गोदाममा राखिएको सूचनापछि राजस्वले बरामद गरेको हो ।

भारतबाट करिब ६ किलोमिटर र सशस्त्र प्रहरी गण नं ७ बाट ४ किलोमिटर मात्र दूरीमा रहेको गोठमा लुकाएर राखेको उक्त कपडा बरामद गरिएको सशस्त्र प्रहरी सम्बद्ध अधिकारीले जानकारी दिएका छन् ।

सिरहामा सशस्त्र प्रहरी बलको गण नम्बर ७ का गणपति प्रमोद भारतीकै सेटिङमा तस्करी हुँदैआएको खुलेपछि उनलाई बाहिनीमा तानिएको छ । उनीसँगै बोर्डर आउट पोस्ट माडरका डीएसपी रामहरि खड्का पनि तानिएका छन् ।

सशस्त्रका एसपी भारतीको सेटिङमा दशैंको मुखमा भन्सारछलीका सामान ल्याएका ब्यापारीहरु राजस्व अनुसन्धानले ट्रकमात्र होइन, गोदाम र गोठमा लुकाएका कपडा बरामद गरेपछि भागाभाग भएको छ । भन्सारछली गरी भित्र्याइएका कपडा ब्यापारीह गोपाल कुर्मी र दिनेश चौधरीको भएको स्रोतको दाबी छ ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d
kingmedan303 rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM