Friday, February 7, 2025
घरप्रदेशप्रहरीको सेटिङमा तस्करी, राजस्वको छापा, करोडभन्दा बढ़ीका सामान बरामद

प्रहरीको सेटिङमा तस्करी, राजस्वको छापा, करोडभन्दा बढ़ीका सामान बरामद

लहान । सिरहाका सीमावर्ती क्षेत्रबाट भन्सारछलीका सामान ब्यापक रुपमा भित्रिएको सूचनापछि राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले सोमबार ३२ लाख मूल्यबराबरको कपडा बरामद गरेको थियो । राजस्वको टोलीले सिरहा नगरपालिका– १५ बुधौराबाट भन्सार छलेर लुकाइराखेको लत्ताकपडा बरामद गरेको हो ।

आइतबार तस्करीको कपडा बोकेको ट्रक चोहर्वाबाट नियन्त्रणमा लिएको थियो । गएको शनिबार राजस्व अनुसन्धान बिभागको टोलीले सुकसैना नाकाबाट भित्रिएको ५० लाख रुपैयाँको लत्ताकपडा बरामद गरेको थियो ।

तस्करीका सामान बरामद हुन थालेपछि सीमावर्ती क्षेत्रबाट ल्याइएका भन्सारछलीका सामान गोलबजार, चोहर्वा, मिर्चैया, लहानका गोदाममा लुकाएर राखेको सूचना राजस्वले पाएपछि ती ठाउँमा मंगलबार बिहान छापा मारेको छ ।

तस्करीको सामान लुकाएको आशंकामा मंगलबार बिहान करिब ६ बजे सिरहा नगरपालिका १८, तारापट्टिमा सशस्त्र प्रहरीले छापा हानेको छ । छापा मार्ने क्रममा ७८ पोका कपडा बरामद गरेको छ । अन्दाजी १ करोड ५६ लाख मूल्यका ती कपडा भन्सार छली गरी ल्याएर गोदाममा राखिएको सूचनापछि राजस्वले बरामद गरेको हो ।

भारतबाट करिब ६ किलोमिटर र सशस्त्र प्रहरी गण नं ७ बाट ४ किलोमिटर मात्र दूरीमा रहेको गोठमा लुकाएर राखेको उक्त कपडा बरामद गरिएको सशस्त्र प्रहरी सम्बद्ध अधिकारीले जानकारी दिएका छन् ।

सिरहामा सशस्त्र प्रहरी बलको गण नम्बर ७ का गणपति प्रमोद भारतीकै सेटिङमा तस्करी हुँदैआएको खुलेपछि उनलाई बाहिनीमा तानिएको छ । उनीसँगै बोर्डर आउट पोस्ट माडरका डीएसपी रामहरि खड्का पनि तानिएका छन् ।

सशस्त्रका एसपी भारतीको सेटिङमा दशैंको मुखमा भन्सारछलीका सामान ल्याएका ब्यापारीहरु राजस्व अनुसन्धानले ट्रकमात्र होइन, गोदाम र गोठमा लुकाएका कपडा बरामद गरेपछि भागाभाग भएको छ । भन्सारछली गरी भित्र्याइएका कपडा ब्यापारीह गोपाल कुर्मी र दिनेश चौधरीको भएको स्रोतको दाबी छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -