Sunday, December 8, 2024
घरसमाचारअर्थवाणीपेट्रोलियम पदार्थको मूल्य बढ्यो, खानामा पकाउने ग्यासमा २१५ रुपैयाँ वृद्धि

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, खानामा पकाउने ग्यासमा २१५ रुपैयाँ वृद्धि

काठमाडौं । नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट शनिबार नयाँ खरिद मूल्य आएपछि नेपालमा पनि मूल्य वृद्धि भएको हो।

निगमले आज रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु २ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु ६ वृद्धि गरेको हो । यस्तै, खानामा पकाउने एलपि ग्यासमा साविकको खुद्रा बिक्री मूल्य प्रतिसिलिण्डर २१५ रुपैयाँले वृद्धि गरेको निगमले जनाएको छ। । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -