Friday, February 7, 2025
घरसमाचारखेलकूदविश्व कीर्तिमान राखेको भन्दै राष्ट्रिय क्रिकेट टीमलाई राजा ज्ञानेन्द्रको शुभकामना…!

विश्व कीर्तिमान राखेको भन्दै राष्ट्रिय क्रिकेट टीमलाई राजा ज्ञानेन्द्रको शुभकामना…!

काठमाण्डौ/ नेपाली राष्ट्रिय क्रिकेट टीमले उत्कृष्ट प्रदर्शन गर्दै विश्व कीर्तिमान कायम गरेको भन्दै पूर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाहले खेलाड़ीहरूलाई शुभकामना व्यक्त गरेका छन्।

पूर्व राजा ज्ञानेन्द्रको संवाद सचिवालयले शनिवार एक वक्तव्य जारी गर्दै राजा ज्ञानेन्द्रबाट शुभकामना जारी भएको जनाइएको छ।

सो शुभकामना सन्देशमा भनिएको छ, “मित्रराष्ट्र चाइनाको हा भाउमा भएको १९ औं एशियाली खेलकुदमा नेपालले मंगोलियासंग खेलेको टी – २० क्रिकेट खेलमा नेपाली क्रिकेट टीम र खेलाडीहरुले राखेको विश्वकीर्तिमानले हामीलाई अत्यन्तै खुशी तुल्याएको छ । देशको राष्ट्रिय पहिचानले अनेकौं चुनौतिहरुको सामना गरिरहनु परेको समयमा क्रिकेट खेलाडीहरुले अनेकौं प्रतिकुलताका बावजूत जुन सफलता हासिल गरेका छन् यसले नेपालको राष्ट्रिय गौरब बढाएको छ भन्ने हामीले महशुस गरेका छौं । विश्व कीर्तिमानहरु कायम राख्न सफल भएकोमा सबै खेलाडी मित्रहरु र नेपाली क्रिकेट टीमलाई यो सफलताको लागि हार्दिक बढाई तथा शुभकामना ।”

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -