२०८२ माघ १ गते, बिहीबार ०४:१६

शिक्षक आन्दोलनमा प्रहरीको बर्बर दमन, शिक्षकको खुट्टा भाँच्चियो

काठमाडौं/ राजधानी काठमाण्डौमा जारी शिक्षकहरूको आन्दोलनमा प्रहरीले बर्बरतापूर्ण दमन गरेको छ।

प्रहरी दमनका कारण आन्दोलनमा सहभागी ठोरी गाउँपालिकामा अध्यापनरत एक जना शिक्षक घाइते हुनुभएको छ ।

रेस खबरले प्रकाशन गरेको समाचार अनुसार ठोरी गाउँपालिका वडा नं. ४ मा रहेको ज्ञानज्योति मावि घ्याङडाँडामा कार्यरत शिक्षक सन्जिता कुमारी खत्री प्रहरी दमनमा परेर गम्भीर घाइते हुनुभएको हो ।

काठमाडौको नयाँवानेश्वर चोकमा प्रहरीको लाट्ठी चार्जका कारण शिक्षक खत्रीको खुट्टा भाँच्चिएको उहाँको श्रीमान रन्जित कार्कीले जानकारी दिनुभयो । उहाँको अहिले ट्र्मा सेन्टर काठमाडौंमा उपचार भईरहेको छ ।

विद्यालय शिक्षा विधेयकमा असहमति जनाउँदै काठमाण्डुमा जारी राहत शिक्षकको आन्दोलनमा प्रहरी हस्तक्षेप हुँदा खत्री सहित अन्य शिक्षकहरु पनि घाइते भएका छन्।
शिक्षकको प्रदर्शनका क्रममा नयाँबानेश्वरमा प्रहरीले बुधबार लाठी चार्ज गरेको हो । त्यस क्रममा प्रहरीले आन्दोलनकारी माथि दमन गरेको थियो ।

सरकार र शिक्षक महासंघबीच सहमति भए पनि राहत शिक्षक, बाल विकास र पेन्सन वन्चित शिक्षकहरुले उक्त सहमतिमा आफ्ना विषय समावेश नभएको भन्दै आन्दोलन छाडेका छैनन् । सहमतिलाई धोकाको संज्ञा दिँदै राहत शिक्षकले हरेक दिन माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म प्रदर्शन र धर्ना दिँदै आएका छन् ।

एक साता बितिसक्दा पनि देशभरका राहत शिक्षकहरु पालैपालो काठमाडौंमा ‌‌ओर्लिएर आन्दोलन गरिरहेका छन्। नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा उनीहरुले कहिले सिठ्ठी जुलुस्, कहिले सडकमै सुतेर प्रदर्शन त कहिले नाचगानसहित आन्दोलन जारी राखेका छन्।

बुधबार पनि राहत शिक्षकहरुले काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शन गरे। त्यसक्रममा महिला राहत शिक्षकहरुको जोश बेग्लै थियो।

केही शिक्षकहरु साथीको काँधमाथि चढेर नारा लगाइरहेका थिए। प्रहरीको कडा सुरक्षाबीच राहत शिक्षकहरुले आन्दोलन नरोक्ने छनक दिएका हुन्।

मंगलबार मात्रै सत्तारुढ नेपाली कांग्रेसका सभापतिसहितका नेताहरुले आन्दोलित राहत शिक्षकहरुसँग पनि छलफल गरेका थिए। त्यहाँ राहत शिक्षकहरुले माग पूरा नभएसम्म पछि नहट्ने र विद्यालय पनि नजाने अडान लिएका छन्।

सरकार र शिक्षक महासंघबीच ६ बुँदे सहमतिले आफूहरुलाई अपमान गरेको उनीहरुको भनाइ छ। राहत शिक्षकहरुले शिक्षक महासंघले धोका दिएको बताएका छन्। उनीहरुले ४० हजार राहत शिक्षक, बाल विकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरु आफूहरुसँग आन्दोलित रहेको बताएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

काँग्रेस फुट्यो, महामन्त्रीद्वय गगन र विश्वप्रकाश साधारण सदस्यसमेत नरहने गरी निलम्बित

काठमाडौं/नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश

काँग्रेस फुट्यो, महामन्त्रीद्वय गगन र विश्वप्रकाश साधारण सदस्यसमेत नरहने गरी निलम्बित

काठमाडौं/नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor
koi77 kingmedan303 kingmedan303 djarum4d sritoto sritoto sritoto rajamania rajamania
https://pengumuman.um-ptkin.ac.id/ zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM