काठमाडौं। काठमाडौंको सिनामङ्गलबाट बरामद गरिएको ६० किलो सात सय ग्राम सुन प्रकरणमा आजदेखि थुनछेक बहस सुरु हुनेछ ।
उक्त प्रकरणमा संलग्न प्रतिवादीको मङ्गलवार बयान सकिएसँगै आजदेखि थुनछेक बहस सुरु हुने भएकाे हाे ।
मंगलबार प्रहरीको नियन्त्रणमा रहेका २६ जनाको काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद मैनालीको इजलासमा बयान सकिएको बताइएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले ३ जना फरार सहित २९ जनालाई प्रतिवादी कामय गरेर अदालतमा मुद्दा दायर गरेको छ ।