Friday, April 12, 2024
घरसमाचारचौधरी ग्रुपको उद्योगमा छापा

चौधरी ग्रुपको उद्योगमा छापा

काठमाडौं/उद्योगपति विनोद चौधरीको भारतको जयपुरस्थित कम्पनीमा भारतीय आयकर विभागले छापा मारेको छ। चौधरीको त्यहाँस्थित सिजी फुड इन्डिया प्रालिमा आयकर विभागका अधिकारीले छापा मारेकाे भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

विभागले चौधरी ग्रुप (सिजी)को जयपुरमा रहेका तीन कम्पनीमा छापा मारेको हो। यतिमात्र नभइ दौसा र सिकरमा पनि विभागले छापा मारेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

आयकर विभागले पाएको गोप्य सूचनाका आधारमा उनको कम्पनीमा छापा मारिएको हो। यसपछि भारतका अन्य सहरमा रहेका उनका कम्पनीमा रेड सुरु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

यो कारवाहीको नेतृत्व गुवाहाटीका आयकर अधिकारीले गरेका हुन्। उनले सिजी फुड इन्डिया प्रालि र सिजीका त्यहाँस्थित अन्य कम्पनीको डकुमेन्ट लिएर अनुसन्धान थालेका छन्।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

News & Updates

Recent Comments