वीरगंज/नेपालका राजनीतिक दल एवं सरकारी संयन्त्रले संविधान दिवस मनाउँदै गर्दा नेपाल भारत सीमामा पर्ने वीरगंजको दशगजा क्षेत्र भारतीय सुरक्षा फ़ौजले कब्जा गरेर अर्द्ध सैनिक कैम्प खड़ा गरेको छ।
नेपाल भारत सीमामाको वीरगंज-रक्सौलबीचचको दशगजा मितेरी पुलमै भारतीय सुरक्षा बल ( BSF ) ले सुरक्षा चेक चौकी राखेको छ । दशगजामा कुनै देशको सुरक्षा चौकी राख्न नपाईने द्विदेशीय सन्धि विपरीत भारतीय सुरक्षा बलले चेक पोस्ट राखेर कब्जामा लिएको स्थानीयहरूले बताएका छन्।
दशगजा क्षेत्रमा वीरगंजको इतिहासमै कहिल्यै नराखिएको भारतीय सुरक्षा बलको अर्द्ध सैनिक पोस्ट यतिखेर दशगजा क्षेत्र कब्जा गरेर राखेपछि नेपाल भारतबीच रहेको मित्रवत सम्बन्धलाई भारतले बल मिचाई गर्न खोजेको सीमावर्ती क्षेत्रका स्थानीयहरूको भनाई रहेको छ।
चेकजाँचको बहाना होस् या जस्तोसुकै कारण आफ्नो देशको सीमा भित्र सुरक्षा संवेदनशीलता माथि पहल गर्नुपर्नेमा सन्धि विपरीत दशगजा क्षेत्र नै नियन्त्रणमा लिएर अत्याधुनिक हतियार सहितको सीमा सुरक्षा बलका कारण नेपाल-भारत ओहोर दोहोर गर्ने दुबै देशका नागरिक त्रसित बनेका छन्।
मधेश प्रदेशको अन्य सीमावर्ती जिल्लामाका भारतीय बोर्डर साइडमा रहेका भारतीय सुरक्षा फ़ौजले आवत जावत गर्ने नेपाली नागरिकहरूसँग अपराधी जस्तो दुर्व्यवहार गर्दै आएको खबर एवं गुनासाहरू वीरगंज स्थित भारतीय महावाणिज्य दूतावासमा पुग्ने गरेपनि भारतीय सुरक्षाकर्मीहरूको ज्यादती दिनप्रतिदिन बढ्दो छ।
बुधबार बिहानदेखि अचानक एसएसबीले चेक पोस्ट स्थापना गरेको बुझिएको छ । यद्यपि, पोस्टको उद्देश्य तेस्रो मुलुकबाट आवतजावत गर्नेहरूमाथि निगरानी बढाउनुका साथै अवैध रूपमा हुने चोरी पैठारी नियन्त्रण गर्नु रहेको एसएसबीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मनोजकुमार शर्माले बताए ।
पर्साका सहायक सिडिओ शिव प्रसाद लम्सालले चाडपर्व लक्षित चेक पोस्टलाई अस्थायी भएको प्रतिक्रिया दिए ।