२०८२ असार २१ गते, शनिबार २३:१३

आफ्नै घरमा झुण्डिएको अवस्थामा दम्पत्ति मृत फेला

रौतहट/ श्रीमान श्रीमती झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।

जिल्लाको बौधिमाइ नगरपालिका-२ इनर्वा टोल बस्ने रामदिनेश पटेल र उनकी श्रीमती गीता कुमारी पटेल झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।

दुबैजना आफ्नै घरको सुत्ने कोठामा झुन्डिएको अवस्थामा शनिबार साँझ फेला परेको रौतहटका प्रहरी प्रवक्ता एवम् डिएसपी उमाशंकर गुप्ताले जानकारी दिए।

दुबै जनाको शवलाई नियन्त्रणमा लिइ पोस्टमाटमको लागि जिल्ला अस्पताल, गौरमा पठाइएको तथा घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको गुप्ताले बताए।

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM