Tuesday, October 15, 2024
घरपत्रपत्रिकाघुमुवा प्रहरीको सहजीकरण पछि तस्करी मौलायो

घुमुवा प्रहरीको सहजीकरण पछि तस्करी मौलायो

महोत्तरी । महोत्तरी जिल्लाको मठिहानी भन्ने ठाउँ भारतको मधबापुर बजारसंग टाँसीएको हुदा मठिहानी नाकाबाट ब्यापक तस्करी हुने गरेको छ । तस्करलाई तस्करी गर्न सहज बनाउने काम सीमा प्रहरी मठिहानीको घुमुवा प्रहरी जवान मनोज साहले गर्दै आएका छन् । घुमुवा मनोज साह बिगत चार वर्ष देखी सिमा प्रहरी मठीहानी कै घुमुवा को रुपमा परिचालित छन् ।

मठीहानिबाट हुने तस्करीको संजाललाई सघाउन तथा संरक्षण दिने काम जिल्ला प्रहरी महोत्तरीको घुमुवा प्रहरी हबलदार राजेश यादवले गर्ने गरेका छन् । हबलदार राजेश यादब विगत एक दशक देखी जि प्र का महोत्तरीको घुमुवाको रूपमा काम गर्दै आएका छन् । हबलदार राजेश यादवको महोत्तरीमा हुने तस्करी , गांजा तस्करी , अबैध हुंडी कारोबारका संजाल सित वर्षों देखी सम्पर्क भएको हुदा जुनै महोत्तरी प्रहरी प्रमुख आउँदा घुमुवा यादबलाई नै अबैध पैसा असुलन जिम्मा दिने गरेका छन् । प्रहरी संगठनमा सरूवा पदस्थापनको नीति नियम हुन्छ तर घुमुवा राजेश यादव माथि सरुवा पदस्थापनको नीति नियम लागू हुदैन् । किनभने घुमुवा हबलदार राजेशको महोत्तरीबाट सरूवा भएको भएपनि त्यहाँ एसपीले आर्थिक लाभ लिन कै लागी घुमुवा यादवलाई निज को दरबन्दी न पठाई महोत्तरी मैं घुमुवा को रुपमा राखेको छ । घुमुवा मनोज साह र राजेश यादब जस्ता प्रहरी कर्मचारीले गर्दा नै महोत्तरी प्रहरी बदनाम छ ।मठिहानीबाट लाइन पाउने ब्यापारीहरू बिंदेस्वर नायक ,प्रमोद साह, बिनोद साह , रंजीत यादव , सुजित साह, सुकेश नायक , भुट्टा, जस्ता छन् । ब्यापारीले दिनमा लाखौ मूल्य बराबरको समान भंसार छलेर नेपाल भित्र्याउने गरेका छन् र तस्करीमा संलग्न ब्यापारीसँग महिनाको मोटो रकम घुमुवा राजेश यादब र मनोज साहले असुलने गरेका छन् ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -