२०८३ बैशाख २८ गते, सोमबार ००:३१

मिश्रलाई महानगरको स्वास्थ्य सल्लाहकार एवं अनुगमनकर्ताको जिम्मेवारी

वीरगंज/वीरगंज महानगरपालिकाले महानगर क्षेत्रभित्रका सरकारी एवं सामुदायिक अस्पताल र स्वास्थ्य संस्थाहरूको अनुगमन गर्न निरंजन मिश्रलाई नियुक्त गरेको छ।

संचार, स्वास्थ्य एवं समाज सेवाको क्षेत्रमा लामो समय देखि क्रियाशील रहेका निरंजन मिश्रसँगै रोशन कुमार पटेललाई पनि सोही जिम्मेवारी साथ नियुक्त गरिएको महानगरले जनाएको छ।

महानगर प्रमुख राजेश मान सिँहले मिश्र एवं पटेललाई अवैतनिक सल्लाहकारको रुपमा सोमबार देखि लागु हुने गरी नियुक्त गरेका हुन्।

मिश्र र पटेललाई महानगरले महानगर क्षेत्र भित्र रहेका अस्पताल तथा स्वास्थ्य संस्थाहरूको नियमित सुपरिवेक्षण गरी आवश्यक निर्देशन दिने, कमीकमजोरी औँल्याउने र दोषी देखिएको खण्डमा उनीहरूमाथि कारबाही गर्न सक्ने सम्मको अख्तियारी दिएको छ ।

महानगर क्षेत्रभित्रका अस्पताल, स्वास्थ्य संस्था एवं क्लिनिकहरू मापदण्ड अनुसार संचालन नरहेको, सेवाग्राही विरामीसँग मनपरी शुल्क लिएर पनि प्रभावकारी सेवा प्रवाह नगर्ने, ढिला सुस्ती, दुर्व्यवहार हुने, सरसफाईको अभावलगायत विभिन्न खाले गुनासाहरू सार्वजनिक हुन थालेको समयमा मिश्रको कार्यकालमा महानगरभित्रका स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार हुने विश्वास आम नगरवासीले लिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM