Friday, April 12, 2024
घरपत्रपत्रिकाभारतीय पर्यटक बोकेको बस दुर्घटना, सातको मृत्यु

भारतीय पर्यटक बोकेको बस दुर्घटना, सातको मृत्यु

काठमाडौं । बारामा भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । बुधबार राति जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा उक्त बस दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो ।

दुर्घटनामा मृत्यु हुने चार महिला र तीन पुरुषमध्ये ६ जना भारतीय नागरिक र एक जना नेपाली रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश-०३-००१ ख ७९९४ नम्बरको बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन् । उनीहरूको हेटौंडाको चुरेहिल अस्पताल र हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।

चालकसहित २७ यात्रु सवार उक्त बस चुरियामाई मन्दिरबाट १०० मिटर दक्षिण तर्फको खोलामा खसेको छ । दुर्घटना पछि बसका चालक फरार छन् ।

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

News & Updates

Recent Comments