२०८३ जेष्ठ ५ गते, मंगलवार १९:२१

हृदयाघातबाट सशस्त्र प्रहरी उपरीक्षक थपलियाको निधन

वीरगंज/ सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, हेक्वा पर्साका प्रमुख प्रहरी उपरीक्षक सुमन थपलियाको निधन भएको छ ।

एसपी थपलियाको आज शनिवार दिउँसो १ बजेको करिबमा हृदयाघात (हार्ट अट्याक) बाट निधन भएको हो ।

बीरगंज स्थित नेपाल मेडीसिटी वयोधा अस्पतालमा नुवाकोट घर भएका ४४ वर्षीय थपलियाको दिउँसो उपचारका क्रममा मृत्यु भएको पर्सा प्रहरीका प्रमुख (एसपी) कोमल शाहले पुष्टि गरे ।

एसपी शाहका अनुसार शनिवार बिहान ११ बजेतिर गण परिसरमै रहेको आवासमा रहेका बेला थपलिया अचानक अचेत भएर लडेका थिए । लगत्तै उनलाई उपचारका लागि मेडीसिटी वयोधा अस्पतालमा लगिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि कुन मुद्दा चलाउने भन्नेमा अझै अन्योल, कानुनी परामर्शमै पर्सा प्रहरी

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार साँझ वीरगञ्जस्थित

वीरगञ्जबाट पक्राउ परेका दुर्गा प्रसाईंमाथि कुन मुद्दा चलाउने भन्नेमा अझै अन्योल, कानुनी परामर्शमै पर्सा प्रहरी

वीरगञ्ज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले सोमबार साँझ वीरगञ्जस्थित

Live

Listen Live FM