२०८२ मंसिर २० गते, शनिबार ००:१७

प्रहरीको संरक्षणमा बाराबाट तस्करी

बारा । बाराको सिमावर्ती क्षेत्रबाट व्यापक रुपमा तस्करी मौलाएको छ । भारतको सिमासंग जोडिएको विभिन्न नाकाहरुबाट प्रहरीकै संरक्षणमा तस्करी धन्धा मौलाएको हो । भारतसंग जोडिएको बाराको मटिअर्वा, सिम्रौनगढ, कवहि, अमवा लगायतको नाकाबाट तस्करीहरु भईरहेको नाम उल्लेख नगर्ने शर्तमा प्रहरीले नै जनाएको छ । सिमावर्ती नाका मटिअर्वा, सिम्रौनगढ, कवही, अमवा लगायतका नाकाहरुबाट कपडा, कुखुरा, कुखुराको चल्ला, भौसी, खाद्य, चिनी, हार्डवेयर लगायतका समानहरुको प्रहरीकै संरक्षणमा तस्करी भईरहेको जनाईएको छ ।

प्रहरी चौकी मुसहर्वाका इन्चार्ज वरिष्ठ सई बसन्त थापाको संरक्षणमा तस्करी मौलाएको स्रोत बताउँछ । संगठनले दिएको जिम्मेवारीलाई भुलेर वरिष्ठ सई थापाले तस्करी गर्नेहरुसँग मोटो रकम बुझेर सेटिङमा तस्करी गर्न छुट दिएका छन । बारा र पर्साको सिमानाकासंँग जोडिएको भारतीय बजार रक्सौलबाट नेपालतर्फ लत्ताकपडा, पाउडर दूध, जुत्ताचप्पल, हार्डवेयर, इलेक्ट्रोनिक पार्टस, मोटरपार्टस, भारतीय ब्रान्डका सूर्तीजन्य पदार्थ रजनीगन्धा, स्पेयर पार्टस, भाँडाकुँडा, खानेतेल, चिनी लगायतका खाद्यान्न र कस्मेटिक तथा खेलकूदलगायतका सामग्रीहरु पिकअप भ्यान, इ–रिक्सा, ट्याम्पु, मोटरसाईकल, साईकलका माध्यमले मुसहर्वा सिमानाकाबाट नेपालमा भित्रने गरेको छ । दैनिक लाखौँ र मासिक करोडौं मूल्यबराबरका उल्लेखित सामान भन्सारछली गरी भित्रदा ठूलो रकम राजस्व छली हुने गरेको छ ।मुसहर्वा सिमानाकाबाट तस्करीका समान बाराको सदरमुकाम कलैया, परवानिपुर, जिपुर, सिमरा र पोखरा, काठमाडौं जस्ता नेपालको विभिन्न शहरमा पुग्ने गरेको छ ।

बाराको सिमानाकामा मासुजन्य राँंगाभैंसी तस्करीका मुख्य नाइके हुन सन्तोष साह । परवानीपुरमा लाग्ने पशुहाट बजारको लागि ठूलो सङ्ख्यामा रोगी राँगा भैँसी तस्करी गर्दै आएका छन् । बाराका नमुदत राँंगाभैंसी तस्कर सन्तोष साहले प्रहरी चौकी मुसहर्वाका इन्चार्ज वरिष्ठ सई थापालाई मासिक ८० हजार बुझाएर मासुजन्य राँंगाभैंसी तस्करी गर्न लाईन पाएका छन । भारत बिहारको विभिन्न ठाउँबाट खरिद गरेका मासुजन्य रोगी राँंगाभैंसी रातिको समयमा मुसहर्वा सिमानाकाबाट प्रहरीकै संरक्षणमा तस्करी गरिरहेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।तस्करी रोक्नुको सट्टा सेटिङ मिलाएर तस्करीको लाईन दिएर कमाउ धन्दामा वरिष्ठ सई थापा लागेका छन् । वरिष्ठ सई थापा रातिराती आफै सीमामा गएर भारतबाट लत्ताकपडादेखि भैसी र रक्सी सीमा वारपार गराउने गरेका छन् । वरिष्ठ सई थापा लामो समयदेखि बारा र पर्सामा रहेका कारण उनको सबै ब्यापारीदेखि तस्करसंग नजिकको सम्बन्ध र उठबस भएको प्रहरीहरू नै बताउँछन् । उनी पर्साको जानकीटोला र लंंगडी मा रहेको बेला बालुवा र गिट्टी तस्करी गराएको निकै बदनाम प्रहरी हुन ।

तस्करीलाई निरुत्साहित गर्ने जिम्मेवारी पाएका प्रहरीहरुले नै तस्करहरुको संरक्षण गर्दै तस्करी धन्धाहरुलाई तिब्रता दिने क्रममा बारा कचोरवाको सन्दिप यादव, रामबाबु यादव, छेना यादव, जट्टाशंकर यादव लगायतका तस्करहरुले निर्वाद्य रुपमा करोडौंको राजश्व छली गरी भारतबाट कपडाहरु आयात गरी नेपालका विभिन्न सहरहरुमा निर्यात गर्ने गरेको जनाईएको छ ।

त्यसैगरी, बाराकै भूमन मियाँ, सुरेन्द्र प्रसाद साह कलवार लगायतका तस्करहरुले अबैध रुपले भैसीको तस्करी गरिरहेको समेत जनाईएको छ । त्यस्तै, राजु यादव, रामबाबु यादवले कुखुरा र कुखुराका चल्लाहरुको अबैध ओसार पोसार गर्ने गरेको समेत जनाईएको छ । साथै सुनिल यादव, लगायतले खसी, बाख्राको अबैध ओसार पोसार गर्दै लाखौं, करोडौं कर छली गरिरहेको विभिन्न स्रोतले जनाएको छ । जिल्लाका बिभिन्न नाकाहरुबाट तस्करहरुलाई लाइन दिने कार्यमा सशस्त्र र नेपाल प्रहरीबीच होडबाजी चलेको छ । बलिरामपुर मुसहर्वा नाकाबाट छोटेलाल पटेल, मुरारी महतो, भोला मियाँ, खेना यादव समूहले कपडा भित्र्याउने गरेका छन् । पटेलको समूहले नै कलैयामा खपत हुने कपडाको ५० प्रतिशत भन्दा बढी भन्सार नै नतिरी तस्करी गरेर ल्याउने गरेको कलैयाका कपडा व्यपारीहरुले बताएका छन् । मुसहर्वा नाकाबाट नै सन्तोष गुप्ता, सुरेन्द्र जैसवाल, जयप्रकाश महतो, मनोज यादव लगायतका कारोबारीले राती राति राँगा र भैसीहरु नेपालमा भित्र्याउने गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM