२०८२ माघ ५ गते, सोमबार १७:२७

निलो टोपी र नेपाली सेना !!

– मोहन लामा रुम्बा 

नेपाली सेना भन्ने बित्तिकै तपाईंलाई मन नपर्न सक्छ मलाई थाहा छ झन् नेपाल प्रहरी भन्ने बित्तिकै त रीस पनि उठ्ला ! तर यो तपाईं हामीलाई “रीस” उठ्ने जसले बनाई रहेकोे छ त्यतातर्फ हामी कहिल्यै रिसाउँदैनौं ! कारक तत्वको खोजी नगरी परिणामको मात्रै हेर्ने गर्छौं हामी !!

नेपाल प्रहरीलाई २०४७ पछी नेताको घरमा बस्ने हली जस्तो बनाएर राख्न सुरु गरियो, संस्थाको स्वायत्तता खोसेर एउटा गृहमन्त्री आउँदा एउटा आई जि पी हुने अर्को गृहमन्त्री आउँदा अर्को आई जि पी बनाएर बंदर नाच गरेदेखि नेपाल प्रहरीले अहिलेसम्म शिर उठाउन सकेको छैन।

त्यतिमात्र होइन एउटा भारतीय राजदूतले कसलाई “आई जि पी” बनाउँ भन्दै नेपालको गृहमन्त्री मलाई सोध्न आएको थियो भनेर बकाईदा पुस्तकमा लेखेर सार्वजनिक गर्दा पनि नेपालको नेताहरू ङिच्च दाँत देखाएर बसेको हिजो भर्खरैको कुरा होइन र ?

प्रहरी प्रशासनको कमान्डर हुन्छ गृहमन्त्री ! एउटा गृहमन्त्री त भर्खरै जेलमा लामखुट्टे मार्दै छ, यस्तो लामखुट्टे मार्दै बस्ने कमान्डरहरुको हातमा सिपाहीको तालाचावी भएपछि यो संस्थाको हविगत कस्तो होला ? हामी तलतिर बाटोमा बसेर सय पचास घुस खाएर बस्ने प्रहरीलाई हेरेर प्रहरी नै खराब भन्दै गुनासो गर्छौं तर मुहान हेर्दैनौं।

ठिक त्यस्तै हालतमा हो नेपाली सेनाको पनि। नेपालमा अहिलेसम्म दलिय राजनीतिकरण बाट मुक्त रहन सफल भएको एकमात्र संस्था हो नेपाली सेना।

एउटा कुरा नोट गर्नुहोला – प्रायः धेरैले भन्ने गर्छन् नेपाली सेना भारत संग युद्ध गर्न सक्दैन न त चीन अमेरिका संग नै युद्ध गर्न सक्छ के लाई चाहियो नेपाली सेना ? भन्ने गर्छन् तिनिहरुले के बुझुन भने हाम्रो जस्तो ससाना मुलुक विश्वमा दर्जनौंको संख्यामा छ र त्यो सेना कुनै महाशक्ति राष्ट्र संग लडाइँ लड्न सक्छ भनेर राखेको होइन तर ती महाशक्ति राष्ट्रहरुले ससाना राष्ट्रमा सिधै हस्तक्षेप नगरीकन ससाना झुन्डमा बिद्रोही खडा गरेर छद्म लडाइँ प्रोक्सी वार गराउँछ त्यो संग लडाइँ लडेर बिद्रोहीलाई मुलधारमा ल्याउने काम गर्छ सेनाले।

उदाहरणका लागि श्रीलंकामा भारतले तयार गरेर पठाएको LTTE संग श्रीलंकाको सेना लडेर अस्तित्व जोगाएन ? पेरुमा रसीयाले तयार गरेर पठाएको बिद्रोही साइनिङ पाथलाई सेनाले नियन्त्रणमा ल्याएन ? अमेरिका होस् वा रसीया चीन सबैले ससाना देशहरूमा प्रोक्सी वारमा खेल खेल्छ। रसीया युरोप लामो समयसम्म युक्रेनमा प्रोक्सी वार गर्दै थियो अन्तमा मात्रै सिधै हस्तक्षेपमा उत्रेको हो रसीया।

हाम्रो नेपालमा “प्रोक्सी वार” पञ्चायत कालमा पनि भएको थियो जसलाई सेनाले नियन्त्रणमा लियो, माओवादी प्रोक्सी वार लाई टेबुलमा ल्याउने सेना नै हो। युद्ध एकल नजित्ने भएपछि सम्झौताको टेबुलमा आएको होइन र ? बि. पि कोइराला देखि डाक्टर के आई सिंहको बिद्रोह देखि खम्बा काण्ड सम्म भएको प्रोक्सी वारको नियन्त्रण त अन्ततः सेनाले नै गरेको होइन र ?

सबैलाई जानकारी रहोस् नेपालमा अबको “प्रोक्सी वार” कुनै BP वाद वा माओवाद जस्ता राजनीतिक सैद्धान्तिक मुद्दा बाट हुँदैन, अबको प्रोक्सी वार भनेको “जाति क्षेत्र धर्म” को नाममा हुँदै छ र त्यसको लागि दुर्गम क्षेत्र तिर बटालियन गठन गर्दै गइरहेको छ भन्ने नेपाल प्रहरी र सेनाले राम्रोसँग सुचना संकलन गरेर सूचना सरकारलाई दिइरहेको पनि छ तर नेपाल सरकार नै ङिच्च दाँत देखाएर बस्छ भने नेपाली सेना प्रहरीलाई के को दोष ?

नेपाल जस्तो पहाडी इलाकामा लडाइँ लड्ने भनेको छापामार तालीम प्राप्त गुरिल्ला सेनाले हो, तर नेपाली सेनालाई नियमित दिइरहनुपर्ने छापामार तालिम देखि आधुनिक हातहतियार बन्दोबस्तीको सामान आपूर्ति नगरीकन नेपाली सेनालाई सलामी र मलामीमा मात्रै खटाई राख्ने नेपाल सरकारले हो, आजको परमधिपती अतिरथी महारथी भनेको राष्ट्रपति हो र त्यो राष्ट्रपति भनेको उहि सरकारकै लाहा छाप लगाएर बस्ने एउटा पिउसो भन्दा बढी हैसियत राख्दैन भने नेपाली सेनाले गरोस् के ?

अवस्था कस्तो सम्म देखियो भने नयाँ भर्ती भएको सशस्त्र फौजलाई गोलीगट्ठा दिन नसकेर होला काठको बन्दुक बोकेर घिस्रीदै मुखले ठ्याङ…… ठ्याङ…… भन्दै गोली पड्काउँदै तालिम गरेको देखें मैले ! हाम्रो सुरक्षा निकायलाई आर्थिक भौतिक अभावमा पारेर एकातिर निकम्मा बनाउने अर्कोतिर नेपाली सेना बोझ भयो ! नेपाली सेना धान्न सक्दैन भन्दै संगठित रूपमा आवाज आउनलाई हामीले त्यही प्रोक्सी वारको एक हिस्साको रूपमा लिनुपर्ने हुन्छ।

काम न काजको सात-सात वटा सरकार बनाएर मुलुकलाई आर्थिक भार परेको नदेख्ने तर ऐन मौकामा राष्ट्रिय सुरक्षाको जिम्मेवारी लिनुपर्ने एकमात्र सैन्य क्षेत्रलाई “भार” देख्ने भनेको त्यो उनको निजी बोली हुँदै होइन कतैबाट प्रायोजित बोली हुन्।

हेक्का रहोस् नेपालमा हुने अबको प्रोक्सी वारमा नेपाली सेनालाई निकम्मा बनाएर अफ्रिकामा जसरी अन्तर्राष्ट्रिय “निलो टोपी” सेनालाई परिचालन गराउने दीर्घकालीन योजना बन्दै छ। त्यसैको एउटा झाँकी मात्रै हो नेपाली सेना बोझ भयो विघटन गरौं भन्ने अहिले आइरहेका प्रलापहरु !! धेरै भनिरहन पर्ला र ? बुझ्नेलाई इसारा काफी होला !! (रुम्बाको फेसबुक वालबाट साभार)

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ barong4d moga4d marwah4d barong4d marwah4d barong4d barong4d barong4d marwah4d moga4d marwah4d marwah4d marwah4d moga4d bisajp bisajp marwah4d bisajp republikvip republikvip barong4d marwah4d marwah4d barong4d barong4d barong4d barong4d barong4d bisajp slot gacor toto slot slot gacor barong4d
koi77 kingmedan303 kingmedan303 sritoto sritoto sritoto rajamania rajamania sritoto
zeonslot
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM