२०८२ मंसिर २० गते, शनिबार २३:४३

सिपाहीमाथि यातना प्रकरणः तीन पटक कारबाहीमा परेका थिए राय, बर्दीमै मदिरा चोरी

काठमाडौं । इलाका प्रहरी कार्यालय बिष्णुपुर कल्याणपुर सिरहा दरबन्दी भएका प्रहरी जवान अन्नुकुमार रायलाई यातना दिएको बिषयले सामाजिक संजालमा निकै चर्चा पाएको छ । प्रहरी जवान रायलाई पाता कसेर यातना दिएको भिडियो बुधबार सार्वजनिक भएको थियो ।

प्रहरी जवान रायलाई यातना दिएको बिषयमा मधेश प्रदेश प्रहरी कार्यालयले डीएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा बुधबारै छानबिन समिति गठन गरेको छ ।  प्रहरी जवान रायलाई यातना दिएको बिषय सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सिरहाले उनको अभिलेख सार्वजनिक गर्दै उनी तीन पटक कारबाहीमा परेको जनाएको छ । प्रहरी बर्दी लगाएरै उनले मदिरा चोर्दै गरेको भिडियो समेत सार्वजनिक भएको छ ।

रायका पटक पटकका आचरणबिपरीतका क्रियाकलापका कारण उनलाई नसिहत समेत दिएको प्रहरीले जनाएको छ । जागिरमा प्रवेश गरेको ५ बर्षमा उनी तीन पटक कारबाहीमा परेको अभिलेख नै सिरहा प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरी जवान रायले नशालु पदार्थ सेवन गरी उछृङ्खल गतिबिधि गरेको उल्लेख छ । जिल्ला प्रहरी कार्यालय सिरहाले प्रहरी जवानले नशालु पदार्थ सेवन गरी उछृङ्खल गतिबिधि गरे सम्बन्धी तयार गरेको टिपोट नै नेपालफेसलाई प्राप्त भएको छ । जुन टिपोटमा उल्लेख छ– २०८० असार २५ गते इलाका प्रहरी कार्यालय बिष्णुपुर कल्याणपुरमा कार्यरत रहँदा रायले आफ्नो दाहिने कमाण्डर, हवल्दार मेजर, सुवेदार मेजर तथा अन्य कसैलाई कुनै किसिमको जानकारी नगराई आफू खुशी लाईन ब्यारेक छाडेका थिए ।

रायले ब्यारेक छाडेर गएको र नशालु पदार्थ सेवन गरी कार्यालयमा आई कार्यालयको मूलगेट नजिक रहेको ड्य्ुटी अफिसर कक्ष अगाडि हवल्दार मेजर धर्मदेव यादवसँग आरोप प्रत्यारोप लगाई वादविवाद गरेका थिए । त्यसक्रममा हातपात समेतको अवस्था सृृजना भए पश्चात ड्य्ुटी अफिसर कक्षमा खटिएका ड्युटी अफिसर प्र.स.नि. इन्द्रजित ठाकुर, यस कार्यालयमा कार्यरत रहेका प्र.नि. हेमन्त राईसमेतले उनलाई सम्झाई बुझाई गर्दा समेत अटेर गरेको उल्लेख छ । सम्झाउँदा पनि प्रहरी जवान राय आक्रोशित भई कार्यालयको मूलगेटमा बसेर प्रसनि र प्रनिलाई अपशब्द प्रयोग एवं गालीगलौज गरी मर्छु मार्छु भन्न छाडेनन् ।

प्रहरी जवान रायले ड्युटीमा खटिएका प्रहरी जवान मिथलेशकुमार यादवले बोकेको ३०३ ली. ईन्फिल्ड राईफल समेत खोस्न खोजेका थिए । प्रहरी कार्यालयको मूल गेटबाट होहल्ला तथा अन्य प्रहरीमाथि गाली गलौज गर्ने र मार्छु भन्दै भागेको हुँदा कार्यालयदेखि अन्दाजी ५ सय मिटर दक्षिण रहेको जिल्ला सरकारी वकिल कार्यालय नजिकबाट मोबाइल ड्युटीमा खटिएका प्रसनि रमानन्द यादवको कमाण्डमा खटिएको टोलीले नियन्त्रणमा लिई कार्यालयतर्फ ल्याउन खोजेको थियो । प्रहरी कार्यालयतर्फ ल्याउन खोज्दा असहज अवस्था भए पश्चात् उनलाई हतकडी लगाएर ल्याई स्वास्थ्य परीक्षण गराई प्रहरी कार्यालयमा राखिएको जनाएको छ ।

२०७५ जेठ ७ मा प्रहरी जवानमा भर्ना भएका रायमाथि पटक पटक कारबाही भएको विवरण समेत सिरहा प्रहरीले सार्वजनिक गरेको छ । उनी २०७८ जेठ १६ गते निलम्बनमा परेका थिए । २०७८ साउन ८ मा उनको निलम्बन फुकुवा भएको थियो । राय पुनः २०७८ साउन ७ मा उनले पदअनुकूल आचरण नगरेकाले दुई तलव बृद्धि घटुवामा परेका थिए ।
त्यसैगरी उनलाई २०७८ कात्तिक ५ मा नसिहत दिइएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
https://twilio.loopworks.com/ https://sb.janusdisplays.com/ https://api.i6tecnologia.com.br/ https://lifecycle.reactacademy.ca/ https://old.biogenactive.com/ https://stage.pronetconnect.com/ https://amapp.aspirefg.com/ https://helix.biocept.com/ https://physicianportal.biocept.com/ https://app.blockforcetalent.com/ https://timereport-admin.devops.bynet.co.il/ https://volunteer.charitychampions.org/ https://alphafxpert.gpsfx.com/ https://uat-dashboard.habyts.com/ https://pricebook.nationsafedrivers.com/ https://learninglogs.optimusinfo.com/ https://assessments.pinnaclereliability.com/ https://blog.rmis.com/ https://nap.sammagroup.com.au/ https://consultboss.demo.trulitehealth.com/ https://hrcenter-admin-qa.tempworks.io/ toto slot slot 10k supernexa moga4d bokep viral bokep viral marwah4d marwah4da> slot gacor moga4d supernexa slot gacor barong4d marwah4d moga4d marwah4d moga4d https://www.neoshyprod.com/ barong4d marwah4d moga4d barong4d republikvip itl4d slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor slot gacor marwah4d marwah4d moga4d moga4d marwah4d marwah4d https://ciac-iacac.org/ slot gacor togel online barong4d moga4d marwah4d barong4d marwah4d slot777
https://www.asuusg.com/safety-escort slot88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM