Sunday, April 21, 2024
घरसमाचारजंगलमा च्याउ टिप्न गएकी महिला बलात्कृत

जंगलमा च्याउ टिप्न गएकी महिला बलात्कृत

काठमाडौं। च्याउ टिप्न जंगल गएकी एक महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–६ सिरुवानी बस्ने ५२ वर्षीय दिपराज बास्तोला रहेका छन्। उनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो।

बास्तोलाले ती ५५ वर्षीया महिलालाई असार १३ गते सोही नगरपालिका–६ सिरुवानीस्थित जंगलमा च्याउ टिप्न गएको अवस्थामा जबरजस्ती करणी गरेको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ।

घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

अर्को के पढ्ने...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -