Sunday, April 21, 2024
घरविचारपाठक प्रतिकृयाखण्डन प्रकाशन गरिएको

खण्डन प्रकाशन गरिएको

यस www.chandrasuryawani.com मा “मधेश प्रदेशमा मौलायो हुण्डी कारोबार” भन्ने शीर्षकमा प्रकाशित समाचारको सन्दर्भमा सन्तोष जैनका छोरा सौरभ जैनले प्रेस काउन्सिल नेपाल समेतलाई बोधार्थ गरि ईमेल पठाउनु भई बिगतमा आफ्नो पिता लगायत परिवार हुण्डी कारोबार गरेको र सो कारोबारमा संलग्नताका कारण आफूहरूले अदालतबाट सजाय पाएको स्वीकार गरेका छन्, सौरभले बिगतमा त्यस्तो कारोबार गरेपनि आफूहरू यतिबेला उद्योग संचालनमा लागेको तर ती उद्योगमा लगाएको पूँजीको स्रोत सम्बन्धी समाचारमा उठाईएका प्रश्न समबन्धी केहि उल्लेख नगरी उक्त समाचारमा लेखिएको अंशहरू प्रति चित्त नबुझी “खण्डन गरि पाउँ” भनि इमेल पठाउनु भएकोले पाठकको अभिव्यक्तिको सम्मान गर्दै सो खण्डन पत्र जस्ताको तस्तै प्रकाशित गरिएको छ। तथापि सन्तोष जैनका छोरा सौरभ जैन स्वयंले हस्ताक्षर गरि पठाएको पत्रमा आफ्नो सम्पर्क नम्बर राखी पठाउनु पर्नेमा दूराशयपूर्ण तरिकाले अन्य सम्मानित एवं प्रतिष्ठित व्यक्तिको मोबाइल नम्बर उल्लेख गरि पठाएको हुँदा सो बारे जानकारी प्राप्त भएछि हामीले उक्त मोबाइल नम्बर मेटेर बाँकी ब्यहोरा जस्ताको तस्तै प्रकाशन गरेका छौँ ।

– सम्पादक

अर्को के पढ्ने...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -